हलेसी आगलागी : अन्यत्र पनि फैलियो आगो, दमकल नहुँद नियन्त्रणमा समस्या
काठमाडौं । खोटाङको हलेसी बजारमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन् । आइतबार साँझ स्थानीय पदम राईको हार्डवेयर पसलबाट फैलिएको आगो छेउमा रहेका अन्य दुईवटा टहरा र एउटा पक्की घरमा पनि फैलिएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिए । दमकल नहुँदा आगलागी नियन्त्रणमा समस्या भएको उनको भनाइ छ । हाल दमकलको […]

काठमाडौं । खोटाङको हलेसी बजारमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन् ।
आइतबार साँझ स्थानीय पदम राईको हार्डवेयर पसलबाट फैलिएको आगो छेउमा रहेका अन्य दुईवटा टहरा र एउटा पक्की घरमा पनि फैलिएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिए ।
दमकल नहुँदा आगलागी नियन्त्रणमा समस्या भएको उनको भनाइ छ ।
हाल दमकलको अभावमा ट्याङ्करको पानी र जेसीबीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको प्रजिअ कार्कीले बताए ।
What's Your Reaction?






