सर्लाहीमा ट्रकले साइकललाई ठक्कर दिँदा एक किशोरीको मृत्यु, अर्की घाइते

बरहथवा । सर्लाहीको हरिपुर्वामा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ भने अर्की एक घाइते भएकी छन् । बाँके–सङ्ग्रामपुर खण्डअन्तर्गत हरिपुर्वा नगरपालिका–९ मिर्चैया बजारमा ना५ख ३८५८ नम्बरको ट्रकले साइकललाई ठक्कर दिँदा साइकलयात्री ईश्वरपुर नगरपालिका– १३ श्रीनगरकी १७ वर्षीया अञ्जली महतोको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए […]

Apr 11, 2025 - 07:32
 0
सर्लाहीमा ट्रकले साइकललाई ठक्कर दिँदा एक किशोरीको मृत्यु, अर्की घाइते

बरहथवा । सर्लाहीको हरिपुर्वामा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ भने अर्की एक घाइते भएकी छन् ।

बाँके–सङ्ग्रामपुर खण्डअन्तर्गत हरिपुर्वा नगरपालिका–९ मिर्चैया बजारमा ना५ख ३८५८ नम्बरको ट्रकले साइकललाई ठक्कर दिँदा साइकलयात्री ईश्वरपुर नगरपालिका– १३ श्रीनगरकी १७ वर्षीया अञ्जली महतोको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

उनका अनुसार सोही साइकलको पछाडि सवार १५ वर्षीया पूजाकुमारी महतो घाइते भएकी छन् ।

घाइते किशोरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्रनाउ राईले बताए । प्रहरीले घटनामा संलग्न ट्रक र चालक हरिवन नगरपालिका– १० ताइवानका ३१ वर्षीय लक्ष्मण विश्वकर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register