महालक्ष्मी विकास बैंकबाट ७.९९ प्रतिशतमा घर कर्जा पाइने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले एकल अंकमा घर कर्जा प्रदान गर्ने भएको छ । बैंकले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरुलाई ७.९९ प्रतिशतमा घर कर्जा प्रदान गर्ने भएको हो । नयाँ वर्षको अवसरमा बैंकिङ क्षेत्रमा नै सस्तो तथा प्रतिस्पर्धी ब्याजदर कायम रहने गरी ग्राहकहरुलाई घर खरिद गर्न/ निर्माण गर्न /पुर्ननिर्माण गर्न तथा अपार्टमेन्ट खरिद गर्न […]

Apr 13, 2025 - 07:50
 0
महालक्ष्मी विकास बैंकबाट ७.९९ प्रतिशतमा घर कर्जा पाइने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले एकल अंकमा घर कर्जा प्रदान गर्ने भएको छ । बैंकले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरुलाई ७.९९ प्रतिशतमा घर कर्जा प्रदान गर्ने भएको हो ।

नयाँ वर्षको अवसरमा बैंकिङ क्षेत्रमा नै सस्तो तथा प्रतिस्पर्धी ब्याजदर कायम रहने गरी ग्राहकहरुलाई घर खरिद गर्न/ निर्माण गर्न /पुर्ननिर्माण गर्न तथा अपार्टमेन्ट खरिद गर्न बैंकले यस्तो कर्जा प्रदान गर्ने भएको छ । यस्तो कर्जा वातावरणीय विशेषता पुष्टी गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरुको प्रयोग गरिएको हुनु पर्ने बैंकले जनाएको छ ।

यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रबर्धन गर्न तथा नेपाल राष्ट्र बैंकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंकले हालै मात्र भारतको प्रतिष्ठित म्यागजिन ‘विजनेश कनेक्ट’ बाट ग्राहक केन्द्रित बैंकको अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेको छ भने मोबाइल एप्लिकेसनलाई समेत परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register