कुलमानको पक्षमा नारा लगाउने अमेरिकी नागरिकलाई देश निकाला गरिने, २ वर्ष नेपाल छिर्न नदिइने !  

काठमाडौँ । काठमाडौँमा कुलमान घिसिङ र राजाको पक्षमा नारा लगाउने अमेरिकी नागरिकलाई देश निकाला गरिने भएको छ । अमेरिकी नागरिक ५८ वर्षीय जुलियन क्रिपा ब्लिसलाई देश निकाला गरिने भएको हो ।  उनी गत चैत १४ गते काठमाडौँको माइतीघरबाट पक्राउ परेका थिए ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कुलमानको समर्थनमा आयोजना गरेको प्रदर्शनमा उनले ‘कुलमान घिसिङ हामी […]

Apr 15, 2025 - 05:23
 0
कुलमानको पक्षमा नारा लगाउने अमेरिकी नागरिकलाई देश निकाला गरिने, २ वर्ष नेपाल छिर्न नदिइने !  

काठमाडौँ । काठमाडौँमा कुलमान घिसिङ र राजाको पक्षमा नारा लगाउने अमेरिकी नागरिकलाई देश निकाला गरिने भएको छ । अमेरिकी नागरिक ५८ वर्षीय जुलियन क्रिपा ब्लिसलाई देश निकाला गरिने भएको हो । 

उनी गत चैत १४ गते काठमाडौँको माइतीघरबाट पक्राउ परेका थिए । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कुलमानको समर्थनमा आयोजना गरेको प्रदर्शनमा उनले ‘कुलमान घिसिङ हामी तिम्रो साथमा छौँ’ भन्ने प्लेकार्ड लिएर नारासमेत लगाएका थिए । कुलमानसँगै उनले सो प्रदर्शनमा राजाको पक्षमा पनि नारा लगाएका थिए । 

प्रदर्शनस्थलबाट पक्राउ परेका ब्लिसलाई थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाइएको थियो । उनीमाथि अनुसन्धान गरेर विभागले उनलाई देश निकाला गर्ने निर्णय गरी सोही अनुसार प्रक्रिया अघि बढाएको छ । देश निकालासँगै उनलाई आगामी दुई वर्ष नेपाल आउन प्रतिबन्ध लगाइएको छ । यद्यपि उनले बयानमा आफू राजनीतिक कार्यक्रममा सहभागी हुन त्यहाँ नपुगेको बरु कसैले प्लेकार्ड दिएर त्यहाँ पुगेको बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register