‘मास्क’ लगाएर पार्क भिलेज होटल पसेको चोरले चोरे चाँदीका लाखौँका भाँडाकुँडा  

काठमाडौँ । काठमाडौँको पार्क भिलेज होटलमा चोरी भएको छ । बुढानिलकण्ठ नगरपालिका-३ स्थित पार्क भिलेज होटलमा सोमबार राती चोरी भएको हो ।  होटलबाट करिब ३ सय ३५ तोला बराबरको चाँदीका भाँडाकुँडाहरु चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चाँदीका भाँडाकुँडासहित एउटा ल्यापटप पनि चोरी भएको छ ।  प्रहरीका अनुसार होटलमा रहेको सीसीटिभी फुटेज हेर्दा […]

May 27, 2025 - 09:22
 0
‘मास्क’ लगाएर पार्क भिलेज होटल पसेको चोरले चोरे चाँदीका लाखौँका भाँडाकुँडा  

काठमाडौँ । काठमाडौँको पार्क भिलेज होटलमा चोरी भएको छ । बुढानिलकण्ठ नगरपालिका-३ स्थित पार्क भिलेज होटलमा सोमबार राती चोरी भएको हो । 

होटलबाट करिब ३ सय ३५ तोला बराबरको चाँदीका भाँडाकुँडाहरु चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चाँदीका भाँडाकुँडासहित एउटा ल्यापटप पनि चोरी भएको छ । 

प्रहरीका अनुसार होटलमा रहेको सीसीटिभी फुटेज हेर्दा रातिको समयमा चोर पीपीई र मास्क लगाएर होटल प्रवेश गरेको देखिएको छ । पीपीई र मास्क लगाएको सोही चोरले समान चोरी गरेको समेत सीसीटिभी फुटेजमा देखिएको छ । 

हाल चोरीमा संलग्न चोरको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । सँगै घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register