काङ्ग्रेस-एमालेको संगतले विग्रिएको भन्दै क्षमा दिन प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेस र एमालेको संगतले आफ्नो दल विग्रिएको भन्दै क्षमता दिन आग्रह गरेका छन् । तराई मधेस जागरण अभियान अन्तर्गत पश्चिम नवलपरासीको प्रतापपुरमा सम्बोधन गर्दै  प्रचण्डले माओवादीलाई क्षमा दिँदै  मौका दिन आग्रह गरेका हुन् । ‘माओवादी जनताको पार्टी हो । गल्ती गरे पनि आफ्नै छोराछोरी सम्झेर एक पटक […]

Apr 16, 2025 - 11:34
 0
काङ्ग्रेस-एमालेको संगतले विग्रिएको भन्दै क्षमा दिन प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेस र एमालेको संगतले आफ्नो दल विग्रिएको भन्दै क्षमता दिन आग्रह गरेका छन् ।

तराई मधेस जागरण अभियान अन्तर्गत पश्चिम नवलपरासीको प्रतापपुरमा सम्बोधन गर्दै  प्रचण्डले माओवादीलाई क्षमा दिँदै  मौका दिन आग्रह गरेका हुन् । ‘माओवादी जनताको पार्टी हो । गल्ती गरे पनि आफ्नै छोराछोरी सम्झेर एक पटक फेरि मौका दिनुहोला,’ उनले भने, ‘गल्ती सच्याउँदै अगाडि बढ्ने हो ।’

काङ्ग्रेस -एमालेको संगतले माओवादीलाई पनि रोग लागेको भन्दै उनले त्यसको निदानका लागि जनतामाझ आएको उल्लेख गरे ।

‘काङ्ग्रेस- एमालेको संगतले माओवादीलाई रोग सर्‍यो, हामी विरामी भयौँ । जनामा गएर मात्रै विरामी सन्चो हुने निष्कर्षका साथ हामी जनताको काखमा आएका छौँ,’ उनले भने ।

माओवादी अब सच्चिएर अघि बढ्ने प्रतिवद्धता प्रचण्डले व्यक्त गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register