रास्वपा सहमहामन्त्रीबाट राजीनामा दिँदै सुमना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। आज बस्ने रास्वपाको केन्द्रीय समिति बैठकअघि श्रेष्ठले पार्टी सचिवालयलाई आफ्नो निर्णयबारे जानकारी गराउने तयारी गरेकी छन् । श्रेष्ठले यसअघि चैत १७ गते नै सहमहामन्त्री पदबाट राजीनामा दिन खोजेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । उनले भने, […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी छन्।
आज बस्ने रास्वपाको केन्द्रीय समिति बैठकअघि श्रेष्ठले पार्टी सचिवालयलाई आफ्नो निर्णयबारे जानकारी गराउने तयारी गरेकी छन् ।
श्रेष्ठले यसअघि चैत १७ गते नै सहमहामन्त्री पदबाट राजीनामा दिन खोजेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनले भने, ‘एक व्यक्ति एक पदको मान्यतालाई लागु गराउन सुमनाजीले यसअघि रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा पुनः बहाली भएकै दिन सहमहामन्त्रीको राजीनामा दिने प्रस्ताव गर्नुभएको थियो। ‘
श्रेष्ठले पनि आफ्नो राजीनामा प्रस्तावको खबर सही भएको पुष्टि गरेकी छन्, तर यसबारे विस्तृत धारणा पार्टीको बैठकमा नै राख्ने उनको भनाई छ ।
What's Your Reaction?






