बुढासुव्वा गोल्ड कप २१ जुनमा, टिम आवेदन खुल्यो

लन्डन । धरान समाज यूकेले आउंदो २१ जुन शनिबार १२ औं बुढासुव्वा गोल्ड कप फुटबल प्रतियोगिता गर्ने भएको छ । टुडोर पार्क फेल्थाममा हुने उक्त ९ ए साइड फुटबल प्रतियोगिताका लागि अहिले आवेदन खुलेको समाजका अध्यक्ष निकेश लिम्बुले जनाए ।  टिम इन्ट्री फि २५० पाउण्ड राखिएको छ भने टिम दर्ताको अन्तिम म्याद ७ जुनसम्म छ […]

Apr 20, 2025 - 14:43
 0
बुढासुव्वा गोल्ड कप २१ जुनमा, टिम आवेदन खुल्यो

लन्डन । धरान समाज यूकेले आउंदो २१ जुन शनिबार १२ औं बुढासुव्वा गोल्ड कप फुटबल प्रतियोगिता गर्ने भएको छ । टुडोर पार्क फेल्थाममा हुने उक्त ९ ए साइड फुटबल प्रतियोगिताका लागि अहिले आवेदन खुलेको समाजका अध्यक्ष निकेश लिम्बुले जनाए । 

टिम इन्ट्री फि २५० पाउण्ड राखिएको छ भने टिम दर्ताको अन्तिम म्याद ७ जुनसम्म छ । टिम ड्र १४ जुनमा गरिनेछ ।

प्रतियोगितामा १८ मेन र ३८ भेट्रान टिमहरुले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगिता सफल बनाउन स्पोर्टस् सेक्रेटरी विशाल लिम्बु संयोजक र उत्तम राई सह संयोजकको जिम्मेवारीमा छन् ।

अध्यक्ष निकेश लिम्बुले फुटबलबाहेक खाना, पेय पदार्थ स्टलसहित ‘फन फेयर’ कै रुपमा इभेन्ट गरिने जनाए । 

राजु लिम्बु अध्यक्ष हुंदा सन् २०११ देखि बेलायतमा बुढासुव्वा गोल्ड कप शुरु गरिएको थियो । धरानमा यही नाममा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुँदै आएको छ । 

गत वर्ष मेन क्याटगोरिजमा हाङथुम क्लव र भेट्रानमा धरान ११ विजेता बनेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register