बेलायतमा यो हप्ताको तापक्रमले सात वर्ष यताकै रेकर्ड तोड्ने

लन्डन । बेलायतमा यो हप्ता यस वर्षकै सबैभन्दा बढी गर्मी हुने भएको छ । सम्भवत: सात वर्षयताकै सबैभन्दा बढी गर्मी हुने महिना अप्रिल हुन सक्ने अनुमान गरिएको छ। स्थानीय मौसम विभाग मेट अफिसले दिएको जानकारी अनुसार बुधबार र विहीबारको तापक्रम २७ देखि २८ डिग्री सेल्सियस (८१-८२° फरेनहाइट) सम्म पुग्न सक्ने अनुमान छ । यद्यपि यहाँको […]

Apr 28, 2025 - 20:22
 0
बेलायतमा यो हप्ताको तापक्रमले सात वर्ष यताकै रेकर्ड तोड्ने


लन्डन । बेलायतमा यो हप्ता यस वर्षकै सबैभन्दा बढी गर्मी हुने भएको छ । सम्भवत: सात वर्षयताकै सबैभन्दा बढी गर्मी हुने महिना अप्रिल हुन सक्ने अनुमान गरिएको छ।

स्थानीय मौसम विभाग मेट अफिसले दिएको जानकारी अनुसार बुधबार र विहीबारको तापक्रम २७ देखि २८ डिग्री सेल्सियस (८१-८२° फरेनहाइट) सम्म पुग्न सक्ने अनुमान छ ।

यद्यपि यहाँको तापक्रम बुधबार नै २७ डिग्री सेल्सियस पुग्यो भने यो बेलायतमा ७ वर्षको सबैभन्दा गर्मी हुने अप्रिल महिना हुनेछ। केही स्थानमा तापक्रम २९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

यसअघि २०१८ को अप्रिलमा २९.४ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो। केही दिनसम्म गर्मी मौसम रहने भएकाले सूर्यको तेजबाट बच्न सावधानी अपनाउन सनस्क्रिन लगाउन र पर्याप्त मात्रामा पानी पिउन मेट अफिसले सल्लाह दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register