रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण मुद्दा हरि फुयालको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हरि फुयालको इजलासमा पेशी तोकिएको छ । गैरकानुनी थुनामा राखेको भन्दै आइतबार सर्वोच्च अदालतमा लामिछाने पत्नी निकिता पौडेलले रिट दायर गरेकी थिइन् । उच्च अदालत बुटवलले पुर्पक्षका लागि कारागार पठाउने आदेशपछि लामिछाने हाल रुपन्देही कारागारमा छन् । बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला […]

Apr 21, 2025 - 06:12
 0
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण मुद्दा हरि फुयालको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हरि फुयालको इजलासमा पेशी तोकिएको छ । गैरकानुनी थुनामा राखेको भन्दै आइतबार सर्वोच्च अदालतमा लामिछाने पत्नी निकिता पौडेलले रिट दायर गरेकी थिइन् ।

उच्च अदालत बुटवलले पुर्पक्षका लागि कारागार पठाउने आदेशपछि लामिछाने हाल रुपन्देही कारागारमा छन् । बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो । उक्त आदेश उच्च अदालतले चैत २२ गते बदर गरेर थुनामै पठाउन भनेको थियो ।

यसअघि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध लामिछानेले सर्वोच्चमा पुनरावेदन दिएका थिए । उक्त निवेदनमा सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register