झापा कारागारमा आज कैदीको मृत्यु

भद्रपुर, ८ बैशाख । झापा जिल्ला कारागारमा आज एक जना कैदीबन्दीको मृत्यु भएको छ । ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका इलाम माङ्सेबुङ गाउँपालिका–४ घर भई झापा कारागारमा कैद भुक्तान गरिरहेको ५९ वर्षीय धनबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेडिकल रिपोर्टमा घाँटीको क्यान्सरको लक्षण देखापरेका विश्वकर्मा आज दिउँसो ४ः२५ अचानक [...] The post झापा कारागारमा आज कैदीको मृत्यु appeared first on Jhapa Online.

Apr 21, 2025 - 14:38
 0
झापा कारागारमा आज कैदीको मृत्यु

भद्रपुर, ८ बैशाख । झापा जिल्ला कारागारमा आज एक जना कैदीबन्दीको मृत्यु भएको छ ।

ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका इलाम माङ्सेबुङ गाउँपालिका–४ घर भई झापा कारागारमा कैद भुक्तान गरिरहेको ५९ वर्षीय धनबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेडिकल रिपोर्टमा घाँटीको क्यान्सरको लक्षण देखापरेका विश्वकर्मा आज दिउँसो ४ः२५ अचानक साँस बढेर बिरामी भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा ४ः४० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको आफन्तलाई खबर गरिएको जनाइएको छ ।

The post झापा कारागारमा आज कैदीको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register