त्रिशुली नदीमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीद्वारा खोजी कार्य सुरु
काठमाडौँ।धादिङ जिल्लाको गल्छी गाउँपालिका–१ स्थित छाङगेश्वर मन्दिर नजिकै त्रिशुली नदीमा हाम फालेकी एक महिलाको खोजी कार्य सशस्त्र प्रहरीले सुरु गरेको छ। स्थानीय स्रोतका अनुसार, सोही ठाउँकी अन्दाजी ५६ वर्षीया साईली गिरी बुधबार बिहान करिब पौने ९ बजे त्रिशुली नदीमा हाम फालेकी थिइन्। उनी बेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी […]


काठमाडौँ।
धादिङ जिल्लाको गल्छी गाउँपालिका–१ स्थित छाङगेश्वर मन्दिर नजिकै त्रिशुली नदीमा हाम फालेकी एक महिलाको खोजी कार्य सशस्त्र प्रहरीले सुरु गरेको छ।
स्थानीय स्रोतका अनुसार, सोही ठाउँकी अन्दाजी ५६ वर्षीया साईली गिरी बुधबार बिहान करिब पौने ९ बजे त्रिशुली नदीमा हाम फालेकी थिइन्।
उनी बेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सप्रनि) बिरेन्द्र कुमार मण्डलको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालित गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
हाल नदीमा तीव्र वहाव रहेकाले खोजी कार्यमा चुनौतीहरू देखिए पनि टोली निरन्तर खोजीमा लागेको जनाएको छ। थप जानकारी आउन बाँकी छ।
What's Your Reaction?






