अब मङ्गल ग्रहमा इन्टरनेट सेवा

एजेन्सी, ११ वैशाख । मङ्गल ग्रहमा पृथ्वीमा भन्दा लाखौँ गुणा तीव्र गतिको इन्टरनेट सेवा सुरु हुँदै छ । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले मङ्गल ग्रहमा उच्च गतिको इन्टरनेट सेवा स्थापित गर्ने विषयमा छिटै काम सुरु गर्ने भएको छ । वास्तवमा यो नासाको गहन अन्तरिक्ष इन्टरनेट सञ्जाल योजना (डिप स्पेस इन्टरनेट नेटवर्क प्लान) हो । यसको सबैभन्दा पहिलो लाभ [...] The post अब मङ्गल ग्रहमा इन्टरनेट सेवा appeared first on Jhapa Online.

Apr 24, 2025 - 10:01
 0
अब मङ्गल ग्रहमा इन्टरनेट सेवा

एजेन्सी, ११ वैशाख । मङ्गल ग्रहमा पृथ्वीमा भन्दा लाखौँ गुणा तीव्र गतिको इन्टरनेट सेवा सुरु हुँदै छ । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले मङ्गल ग्रहमा उच्च गतिको इन्टरनेट सेवा स्थापित गर्ने विषयमा छिटै काम सुरु गर्ने भएको छ ।

वास्तवमा यो नासाको गहन अन्तरिक्ष इन्टरनेट सञ्जाल योजना (डिप स्पेस इन्टरनेट नेटवर्क प्लान) हो । यसको सबैभन्दा पहिलो लाभ मङ्गल ग्रहलाई प्राप्त हुने छ । डिप स्पेस अप्टिकल कम्युनिकेसन (डिएसओसी) नामक नयाँ प्रविधिको परीक्षण हाल नासाको साइकी अन्तरिक्ष यानमा गरिँदै छ र अहिलेसम्मको परिणाम आशाजनक छ ।

यो प्रणालीले दुरस्थ अन्तरिक्षमा डाटा प्रसारणका लागि पारम्परिक रेडियो ट्रान्समिसनको साटो शक्तिशाली लेजरको प्रयोग गर्दछ । यसबाट मौजुदा विधिको तुलनामा सय गुणा अधिक गति प्राप्त हुन्छ ।

यो प्रविधिबाट लाखौँ किलोमिटर टाढासम्म एचडी भिडियो तथा जटिल डाटा प्रेषित गर्न सकिन्छ । अर्थात् यो प्रविधिबाट अन्तरिक्ष वा मङ्गल ग्रहमा हुने अनुसन्धानका डाटा, भिडियो, अडियो तथा तस्बिर सजिलैसँग केही सेकेन्डमै पृथ्वीमा प्राप्त हुने छन् ।

डिएसओसी प्रविधि यसअघि नै ४६ करोड किलोमिटर टाढाबाट डाटा प्रेषित गर्नमा सक्षम भइसकेको छ । जुन पृथ्वी र मङ्गलबीचको दूरीभन्दा पनि धेरै छ । नजिकको दूरी जस्तै पृथ्वी र मङ्गलबीचको पाँच करोड ३० लाख किलोमिटरको दूरीमा यो प्रविधिले २६७ मेगाबिट प्रतिसेकेन्डको गतिमा डाटा प्रसारण गर्ने छ । यो उच्च गतिको इन्टरनेटको क्षेत्रमा एउटा चमत्कार नै हो ।

नासाको जेट प्रोपल्सन प्रयोगशालामा डिएसओसी परियोजनाका एक प्राविधिकका अनुसार उक्त प्रविधिको परीक्षणमा प्राप्त नतिजा निकै उत्साहप्रद तथा अपेक्षाभन्दा पनि अब्बल छ । यद्यपि यो प्रविधि अहिले आफ्नो प्रायोगिक चरणमै रहेको छ ।

The post अब मङ्गल ग्रहमा इन्टरनेट सेवा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register