संसद्ले आगामी अधिवेशनमा शिक्षा र बजेट विधेयकलाई प्राथमिकता दिने

काठमाडौं । प्रमुख सचेतकहरूसँगको बैठकले संसद् शनिबार र सार्वजनिक बिदाबाहेकका सबै दिन सञ्चालन गर्ने निर्णय गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको बैठकले संसद्‌मा चाप बढेकाले कार्यसूचीलाई प्रभावकारी बनाउन यस्तो निर्णय लिइएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौताले जानकारी दिए । बैठकमा सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकजस्ता […]

Apr 23, 2025 - 08:36
 0
संसद्ले आगामी अधिवेशनमा शिक्षा र बजेट विधेयकलाई प्राथमिकता दिने

काठमाडौं । प्रमुख सचेतकहरूसँगको बैठकले संसद् शनिबार र सार्वजनिक बिदाबाहेकका सबै दिन सञ्चालन गर्ने निर्णय गरेको छ ।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको बैठकले संसद्‌मा चाप बढेकाले कार्यसूचीलाई प्रभावकारी बनाउन यस्तो निर्णय लिइएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौताले जानकारी दिए ।

बैठकमा सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकहरूको दबाब बढेकाले संसद्‌लाई नियमित रुपमा सञ्चालन गर्नुपर्ने बताएका थिए । बैठकले सो प्रस्ताव अनुमोदन गर्दै सोही अनुरूपको कार्यतालिका वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।

घिमिरेले विद्यालय शिक्षा विधेयकलाई उच्च प्राथमिकता दिइनुपर्ने बताए । उनका अनुसार शिक्षकहरूले समेत ऐनविना परीक्षा नलिने अडान लिएकाले विधेयक छिटो पास गर्नु जरुरी भएको छ ।

उपसमितिले वैशाख २३ भित्र प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाइसकेकाले संसद्‌ले सोही आधारमा विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउनेछ ।

साथै, निजामति विधेयक पनि समितिबाट आउने चरणमा रहेको र नीति तथा कार्यक्रम तथा बजेटका प्राविधिक सीमालाई ध्यानमा राख्दै यस अधिवेशनमै पारित गर्ने तयारीमा संसद् जुटेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register