देउवा र प्रचण्ड अनुपस्थित हुने भएपछि संसद्‍मा प्रधानमन्त्रीले गर्ने सम्बोधन स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा शुक्रबार सम्बोधनलाई नगर्ने भएका छन् । सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार रहेका शेखर अधिकारीले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको जानकारी दिए । शुक्रबार सङ्घीय संसद्‌को बर्खे अधिवेशनको प्रहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिएको थियो । तर, प्रमुख विपक्षी माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार काङ्ग्रेस नेता […]

Apr 25, 2025 - 07:33
 0
देउवा र प्रचण्ड अनुपस्थित हुने भएपछि संसद्‍मा प्रधानमन्त्रीले गर्ने सम्बोधन स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा शुक्रबार सम्बोधनलाई नगर्ने भएका छन् ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार रहेका शेखर अधिकारीले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको जानकारी दिए ।

शुक्रबार सङ्घीय संसद्‌को बर्खे अधिवेशनको प्रहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिएको थियो ।

तर, प्रमुख विपक्षी माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार काङ्ग्रेस नेता शेरबहादुर देउवा बैठकमा अनुपस्थित हुने भएपछि ओलीको सम्बोधन स्थगित भएको बुझिएको छ ।

प्रचण्ड अहिले गोरखाको बारपाकमा छन् भने देउवा थाइल्यान्डबाट आज फर्कंदै छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register