त्रिकोणात्मक टी-२० सिरिजको तालिका सार्वजनिक

काठमाडौं । आगामी जुन महिनामा स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाको आधिकारिक खेल तालिका सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक गरिएको तालिका अनुसार, यस सिरिजमा नेपाल, नेदरल्याण्ड्स र आयोजक स्कटल्याण्डले प्रतिस्पर्धा गर्नेछन्। यी तीन टोली आईसीसी विश्वकप लिग-२ को एकदिवसीय शृंखला समाप्त भएलगत्तै टी-२० भिडन्तमा उत्रनेछन्। टी-२० अन्तर्राष्ट्रिय सिरिज जुन १५ देखि २० तारिखसम्म सञ्चालन […]

Apr 24, 2025 - 16:48
 0
त्रिकोणात्मक टी-२० सिरिजको तालिका सार्वजनिक

काठमाडौं । आगामी जुन महिनामा स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाको आधिकारिक खेल तालिका सार्वजनिक भएको छ।

बिहीबार सार्वजनिक गरिएको तालिका अनुसार, यस सिरिजमा नेपाल, नेदरल्याण्ड्स र आयोजक स्कटल्याण्डले प्रतिस्पर्धा गर्नेछन्। यी तीन टोली आईसीसी विश्वकप लिग-२ को एकदिवसीय शृंखला समाप्त भएलगत्तै टी-२० भिडन्तमा उत्रनेछन्।

टी-२० अन्तर्राष्ट्रिय सिरिज जुन १५ देखि २० तारिखसम्म सञ्चालन हुनेछ। तालिका अनुसार सबै खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछन्।

यो शृंखलालाई आगामी जुलाईमा ओमानमा आयोजना हुने पुरुष टी-२० विश्वकप छनोट प्रतियोगिताको लागि महत्वपूर्ण तयारीको रूपमा हेरिएको छ। टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले जुन १६ र १८ मा नेदरल्याण्ड्ससँग तथा जुन १७ र २० मा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

यसअघि, यी तीन टोलीले आईसीसी विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन्। उक्त सिरिजमा नेपालले जुन २ र ८ मा स्कटल्याण्डको सामना गर्नेछ भने जुन ४ र १० मा नेदरल्याण्ड्ससँग खेल्नेछ। जारी लिग-२ मा नेपाल अङ्क   तालिकाको सातौं स्थानमा रहेको छ। नेपालले १२ खेलमा दुईमा जित, आठमा हार र दुई खेलमा अङ्क  बाँडेको छ। लिग-२ को यो संस्करणमा नेपालले अझै २४ खेल खेल्न बाँकी छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register