जीप दुर्घटनामा परी ३ युवाको मृत्यु, दुई जना घाइते

पाल्पा, १५ बैशाख । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। गएराति लु ३ च २३७७ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् । पाल्पाको असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको जिप आइतबार राति १०ः१५ बजेतिर आफैँ अनियन्त्रित भई सडकबाट करिब दुईसय मिटर तल खसेको थियो [...] The post जीप दुर्घटनामा परी ३ युवाको मृत्यु, दुई जना घाइते appeared first on Jhapa Online.

Apr 28, 2025 - 03:12
 0
जीप दुर्घटनामा परी ३ युवाको मृत्यु, दुई जना घाइते

पाल्पा, १५ बैशाख । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

गएराति लु ३ च २३७७ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् । पाल्पाको असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको जिप आइतबार राति १०ः१५ बजेतिर आफैँ अनियन्त्रित भई सडकबाट करिब दुईसय मिटर तल खसेको थियो ।

दुर्घटनामा रैनादेवी १ का ३१ वर्षीय चेतनारायण विक, ३६ वर्षीय दीपेन्द्र बुढा र २२ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको छ भने जिप चालक २७ वर्षीय रञ्जन रेश्मी मगर र २२ वर्षीय सरोज बुढा घाइते छन् ।

घाइतेमध्ये मगरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी सुनिल मल्लले जानकारी दिए । उनीहरुको लुम्बिनी अस्पताल र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

The post जीप दुर्घटनामा परी ३ युवाको मृत्यु, दुई जना घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register