प्रेस सेन्टर झापाको पद हस्तान्तरणसँगै सुखानी सन्देश विशेषांक विमोचन

बिर्तामोड, २० फागुन । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाको पद हस्तान्तरणसँगै सुखानी सन्देश विशेषांक विमोचन गरिएको छ । प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल)–ले आज व्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष राजु पाठकले नवनिर्वाचित अध्यक्ष पुष्प खड्कालाई माइन्युट हस्तान्तरण गर्नुभयो [...] The post प्रेस सेन्टर झापाको पद हस्तान्तरणसँगै सुखानी सन्देश विशेषांक विमोचन appeared first on Jhapa Online.

Mar 4, 2025 - 13:27
 0
प्रेस सेन्टर झापाको पद हस्तान्तरणसँगै सुखानी सन्देश विशेषांक विमोचन

बिर्तामोड, २० फागुन । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाको पद हस्तान्तरणसँगै सुखानी सन्देश विशेषांक विमोचन गरिएको छ ।

प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल)–ले आज व्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष राजु पाठकले नवनिर्वाचित अध्यक्ष पुष्प खड्कालाई माइन्युट हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा पत्रकार राजु पाठकको सम्पादन–प्रकाशनमा प्रकाशित सुखानी सन्देशको विशेषांक प्रमुख अतिथि, विशिष्ठ अतिथि तथा अतिथिहरुले सामूहिक रुपमा विमोचन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि सापकोटाले सहिदले अपेक्षा गरेको सपना र देशमा विद्यमान उपलब्धिलाई पूर्णता दिन पत्रकारिता क्षेत्रले मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशेष अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री झलकसिंह दर्लामी सन्देश, झापा जिल्ला इञ्चार्ज रञ्जित तामाङ, प्रदेश उपाध्यक्ष विजय साम्पाङ, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार र सुखानी सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष बिपिनकुमार चौहान लगायतले सहिदको सपनालाई सहाकार पार्न सञ्चार सम्बद्ध संस्थाहरु एकठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।

पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले सुखानी सन्देश साप्ताहिकको विशेषांकको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा सुखानी सन्देशका सम्पादक चुडामणि वशिष्ठले विशेषांक प्रकाशनको विषयमा जानकारी दिनुभएको थियो । प्रेस सेन्टर झापा शाखा अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सन्तोष शर्माले स्वागत गर्नुभएको थियो भने सञ्चालन सचिव प्रकाश उप्रेतीले गर्नुभएको थियो ।

The post प्रेस सेन्टर झापाको पद हस्तान्तरणसँगै सुखानी सन्देश विशेषांक विमोचन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register