शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ । रारा समाजको आयोजनामा काठमाडौँस्थित बसेरा होटेलमा एक विशेष शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कालिका माध्यमिक विद्यालय, बुटवलका पूर्व प्रधानाध्यापक घनश्याम पाठकले विद्यालय व्यवस्थापन सम्बन्धी महत्वपूर्ण विषयमा अन्तरक्रिया गरेका थिए ।  उनले विद्यालय सफल बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय र पारदर्शिता अत्यन्त जरुरी रहेको कुरामा जोड दिएका […]

Apr 28, 2025 - 03:11
 0
शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ । रारा समाजको आयोजनामा काठमाडौँस्थित बसेरा होटेलमा एक विशेष शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कालिका माध्यमिक विद्यालय, बुटवलका पूर्व प्रधानाध्यापक घनश्याम पाठकले विद्यालय व्यवस्थापन सम्बन्धी महत्वपूर्ण विषयमा अन्तरक्रिया गरेका थिए । 

उनले विद्यालय सफल बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय र पारदर्शिता अत्यन्त जरुरी रहेको कुरामा जोड दिएका थिए । साथै, उनले आफ्ना अनुभवहरू सुनाउँदै, शैक्षिक गुणस्तर सुधारका लागि नवीन सोच र नियमित संवाद आवश्यक रहेको बताएका छन् । 

कार्यक्रमका प्रमुख अतिथि पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले नेपालको शैक्षिक विकासमा यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूको महत्व औँल्याउँदै, शिक्षा क्षेत्रलाई सबल बनाउन सबै तह र तप्काको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् । 

कार्यक्रमको अध्यक्षता रारा समाजका अध्यक्ष नेत्र मल्लले गरेका थिए भने कार्यक्रमको सञ्चालन भुपेन्द्र मल्लले गरेका थिए । सो अवसरमा रारा समाजले शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै घनश्याम पाठकलाई विशेष सम्मान समेत गरिएको थियो । कार्यक्रममा शिक्षक, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको सक्रिय सहभागिता रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register