रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनालाई हिरासतमा राख्न अनुमति

झापा, १५ बैशाख । जिल्ला अदालत काठमाडौँले तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंसहित २४ जनालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। दुर्गा प्रसाई, रवीन्द्र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइउने तयारी छ। उनीहरुलाई म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराइएको [...] The post रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनालाई हिरासतमा राख्न अनुमति appeared first on Jhapa Online.

Apr 28, 2025 - 03:24
 0
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनालाई हिरासतमा राख्न अनुमति

झापा, १५ बैशाख । जिल्ला अदालत काठमाडौँले तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंसहित २४ जनालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। दुर्गा प्रसाई, रवीन्द्र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइउने तयारी छ।

उनीहरुलाई म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराइएको थियो । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाई र मिश्र नेतृत्वको समूहले विध्वंस मच्चाउँदा २ जनाको ज्यान गएको थियो भने धेरै घर, प्रतिष्ठान, सवारी साधन लगायतको सम्पत्ति तोडफोड र आगजनी गरेको थियो। उक्त घटनामा पक्राउ परेकामध्ये ८५ जना हिरासतमा छन्। ६१ जनामाथि आपराधिक उपद्रवको कसुरमा अनुसन्धान चलिरहेको छ।

The post रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनालाई हिरासतमा राख्न अनुमति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register