बस दुर्घटनामा ३ जनाको मृत्यु

कोकिला भण्डारीधनकुटा, २३ वैशाख । धनकुटाको जिरोप्वाइन्ट नजिकैको गोलाईमा बस दुर्घटना परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । धनकुटा नगरपालिका–६ गोठगाँउस्थित कोशी लोकमार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । सो दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बस चालक सुनसरीको धरान १३ का ५१ वर्षीय रुद्र तामाङको उपचारका [...] The post बस दुर्घटनामा ३ जनाको मृत्यु appeared first on Jhapa Online.

May 6, 2025 - 09:06
 0
बस दुर्घटनामा ३ जनाको मृत्यु

कोकिला भण्डारी
धनकुटा, २३ वैशाख ।
धनकुटाको जिरोप्वाइन्ट नजिकैको गोलाईमा बस दुर्घटना परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

धनकुटा नगरपालिका–६ गोठगाँउस्थित कोशी लोकमार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । सो दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बस चालक सुनसरीको धरान १३ का ५१ वर्षीय रुद्र तामाङको उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै, भोजपुर षडानन्द नगरपालिका १३ का अर्का घाइते वर्ष ५८ का लिलाबहादुर श्रेष्ठको पनि उपचारको क्रममा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

सो दुर्घटनामा परी धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको उपचारको क्रममा धनकुटा अस्पतालमा मृत्यु भएको थियो । हालसम्म मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओम प्रकास खनालले जानकारी दिनुभयो ।

सोमबार धरानबाट धनकुटा आउँदै गरेको १ ख। २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको थियो । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । सो दुर्घटनामा परी घाइते भएका अन्य घाइतेहरूको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

The post बस दुर्घटनामा ३ जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register