चिनियाँ राष्ट्रपति सी यसैसाता रुस जाने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ जर्मनीसँगको युद्धमा रूसले प्राप्त गरेको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुन आगामी मे ७ देखि १० सम्म रूसको भ्रमण गर्ने क्रेमलिनले जनाएको छ । रुसी राष्ट्रपतिको कार्यालयका अनुसार भ्रमणका क्रममा सीले पुटिनसँग ‘साझेदारी र रणनीतिक सम्बन्ध विकास’ तथा ‘अन्तर्राष्ट्रिय तथा क्षेत्रीय एजेन्डाका विषयमा’ द्विपक्षीय वार्ता गर्ने जनाएको छ । […]

May 4, 2025 - 12:34
 0
चिनियाँ राष्ट्रपति सी यसैसाता रुस जाने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ जर्मनीसँगको युद्धमा रूसले प्राप्त गरेको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुन आगामी मे ७ देखि १० सम्म रूसको भ्रमण गर्ने क्रेमलिनले जनाएको छ ।

रुसी राष्ट्रपतिको कार्यालयका अनुसार भ्रमणका क्रममा सीले पुटिनसँग ‘साझेदारी र रणनीतिक सम्बन्ध विकास’ तथा ‘अन्तर्राष्ट्रिय तथा क्षेत्रीय एजेन्डाका विषयमा’ द्विपक्षीय वार्ता गर्ने जनाएको छ ।

रुसी राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “दुई देशका राष्ट्रप्रमुख र सरकारका मन्त्रीहरू सहभागी हुने भ्रमणको शिलशिलामा द्विपक्षीय दस्तावेजहरूको शृङ्खलामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।”

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मे ९ मा रुसले आयोजना गरेको दोस्रो विश्वयुद्धमा जर्मनीमाथिको युद्धमा विजय प्राप्त गरेको उपलक्ष्यमा युक्रेनमा जारी युद्धमा तीन दिने युद्धविरामको आदेश दिएका छन् ।

चीनले तीन वर्षे युद्धमा आफूलाई तटस्थ पक्षका रूपमा चित्रित गरेको छ, यद्यपि पश्चिमा सरकारहरूले रुससँगको घनिष्ठ सम्बन्धले मस्कोलाई महत्वपूर्ण आर्थिक र कूटनीतिक सहयोग दिएको बताएका छन् । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register