स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई एमालेको सुझाव

काठमाडौं । नेकपा एमालेले स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले सो सुझाव दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले भने, “ठेक्का लागेको ठाउँमा दाताहरुले हात झिक्न खोजिरहेका छन् । त्यसले सरकारको दायित्व थपिने देखिन्छ । त्यो कुरालाई ध्यानमा राखेर योजनाको प्राथमिकीकरण […]

May 4, 2025 - 13:04
 0
स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई एमालेको सुझाव

काठमाडौं । नेकपा एमालेले स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।

च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले सो सुझाव दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले भने, “ठेक्का लागेको ठाउँमा दाताहरुले हात झिक्न खोजिरहेका छन् । त्यसले सरकारको दायित्व थपिने देखिन्छ । त्यो कुरालाई ध्यानमा राखेर योजनाको प्राथमिकीकरण गर्न सुझाव दिएका छौं । स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सुझाव दिएका छौं ।”

साथै, आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन सबै ऊर्जा लगाउने विषयमा पनि छलफल भएको ज्ञवालीले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register