राजस्थानमाथि कोलकाताको १ रनको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्समाथि झिनो अन्तरले हराएको छ । इडेन गार्डेनमा आइतबार भएको खेलमा घरेलु टोलीले राजस्थानमाथि १ रनको रोमाञ्चक जित हासिल गरेको हो । जितका लागि २०७ रनको चुनौती पछ्याएको राजस्थान २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रनमा समेटियो । राजस्थानले ८ रन जोड्दा २ विकेट […]

May 5, 2025 - 02:25
 0
राजस्थानमाथि कोलकाताको १ रनको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्समाथि झिनो अन्तरले हराएको छ ।

इडेन गार्डेनमा आइतबार भएको खेलमा घरेलु टोलीले राजस्थानमाथि १ रनको रोमाञ्चक जित हासिल गरेको हो ।

जितका लागि २०७ रनको चुनौती पछ्याएको राजस्थान २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रनमा समेटियो ।

राजस्थानले ८ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । चौथो क्रमको ब्याटरका रुपमा आएका कप्तान रियान परागबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् ।

रियान शतकबाट ५ रनले चुके । बिष्फोटक ब्याटिङ गरेको उनले ४५ बलमा ६ चौका र ८ छक्का सहित ९५ रनको पारी खेले । तर यो उनको प्रदर्शन जितका लागि प्रयाप्त भएन ।

कोलकाताका लागि मोइन अलि, हर्षित राना र वरुण चक्रवर्तीले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले पहिलो निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०६ रन बनायो ।

ओपनर सुनिल नारायण ११ र रहमानुल्लाह गुर्बाज ३५ रनना आउट भए । ६९ रन जोड्दा कोलकाताले २ विकेट गुमाएको थियो ।

यसपछि कप्तान अजिक्य राहाणे र अंगकृश रघुवंशीले तेस्रो विजेटका लागि ४२ रनको साझेदारी गरे । राहने ३० रनमा आउट भए । अंगकृश र आन्द्रे रसलले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे । अंगकृश ३१ बलमा ४४ रन जोडेर आउट भए ।

रसलले उत्कृष्ट ब्याटिङ गरे । उनले २५ बलमा ४ चौका र ६ छक्कासहित अविजित ५७ रनको महत्वपूर्ण योगदान दिए ।

राजस्थानका लागि जोफ्रा आर्चर, युद्धवीर सिंह, महिश थिक्साना र रियान परागले १÷१ विकेट लिए ।

कोलकाता ११ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । राजस्थान ६ अंकसहित आठौं स्थानमा रहेको छ ।

शनिबार भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरले चेन्नई सुपरकिङ्ग्सलाई २ रनले हराएको थियो ।

रोचक बन्यो आईपीएल प्लेअफ दौड, यी हुन् प्ले अफका प्रमुख दाबेदार

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register