महिमानसिंह विष्टलाई १ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले सोमबार सो आदेश दिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । १७ वैशाखमा विष्टले कर्तव्य ज्यान, ज्यान […]

May 19, 2025 - 12:36
 0
महिमानसिंह विष्टलाई १ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले सोमबार सो आदेश दिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

१७ वैशाखमा विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई पक्राउ गर्न पत्र काटेका थिए । लगत्तै चौधरी पक्राउ परेर सोही दिन छुटेका थिए ।

विष्टलाई पनि सोही दिन प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीमाथि प्रहरीले किर्ते कसुरमा अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले जिल्ला अदालतमा अभियोग पत्र दायर गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register