बेलायत र भारतले गरे ऐतिहासिक व्यापार सम्झौता

लन्डन । बेलायत र भारतले मंगलबार ऐतिहासिक व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन्। बेलायत सरकारले यो सम्झौता २०२० मा युरोपेली संघबाट बाहिरिएपछि बेलायतले हस्ताक्षर गरेको “सबैभन्दा ठूलो र आर्थिक रूपमा महत्त्वपूर्ण” व्यापार सम्झौता भएको बताएको छ। बेलायतले भारतबाट आयात गरिने सामानहरू जस्तै कपडा र जुत्ता, फ्रोजन प्राउनसहित खाद्य उत्पादन, गहना र रत्न तथा केही कारहरूको कर […]

May 7, 2025 - 15:58
 0
बेलायत र भारतले गरे ऐतिहासिक व्यापार सम्झौता

लन्डन । बेलायत र भारतले मंगलबार ऐतिहासिक व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन्।

बेलायत सरकारले यो सम्झौता २०२० मा युरोपेली संघबाट बाहिरिएपछि बेलायतले हस्ताक्षर गरेको “सबैभन्दा ठूलो र आर्थिक रूपमा महत्त्वपूर्ण” व्यापार सम्झौता भएको बताएको छ।

बेलायतले भारतबाट आयात गरिने सामानहरू जस्तै कपडा र जुत्ता, फ्रोजन प्राउनसहित खाद्य उत्पादन, गहना र रत्न तथा

केही कारहरूको कर घटाएको छ । 

भारतले पनि बेलायतबाट आयात हुने सामानहरूमा कर घटाएको छ जसमा सौन्दर्य प्रसाधन, स्कच ह्विस्की, जिन र सफ्ट ड्रिंक्स, उच्च मूल्यका कारहरू, भेडा, साल्मन, चकलेट र बिस्कुट लगायतका खाना, चिकित्सा उपकरणहरू, एरोस्पेस र विद्युतीय मेसिनरी आदि छन् । 

यस सम्झौताले बेलायती फर्महरूलाई भारतमा थप सेवा सम्झौताका लागि प्रतिस्पर्धा गर्न पनि अनुमति दिने बीबीसीले उल्लेख गरेको छ।

सम्झौताले २०४० सम्ममा बेलायत र भारतबीचको व्यापार वार्षिक £२५.५ बिलियनले वृद्धि हुने अनुमान छ। गत वर्ष दुई देशबीचको व्यापार £४२ बिलियन थियो।

बेलायती प्रधानमन्त्री सर किअर स्टार्मरले यसलाई ‘ब्रिटिश अर्थतन्त्र र व्यवसायका लागि ठूलो अवसर’ भनेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यसलाई महत्वाकांक्षी सम्झौता भएको बताए। 

तर, केही बेलायती राजनीतिज्ञहरूले भारतीय कर्मचारीले ३ वर्षसम्म बेलायतको नेशनल इन्स्युरेन्स (राष्ट्रिय बीमा शुल्क) तिर्नु नपर्ने व्यवस्थाको आलोचना गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register