बार्सिलोनामा मेसीको आदर्श १० नम्बर जर्सी यामललाई

लन्डन । स्पेनिस फुटबल क्लब एफसी बार्सिलोनामा कुनैबेला अर्जेन्टिनी लेजेन्ड लियोनेल मेसीले लगाउने गरेको आदर्श १० नम्बरको जर्सी अब युवा प्रतिभा लामिन यामलले लगाउने भएका छन ।क्लब अध्यक्ष जोआन लापोर्टाले विशेष समारोहमार्फत १८ वर्षीय यामललाई यो जर्सी हस्तान्तरण गरेपछि नयाँ पुस्तालाई नेतृत्व सुम्पने बार्सिलोनाको भावी योजना झल्किएको छ । १० नम्बरको जर्सी बार्सिलोनाको इतिहासमा गौरवपूर्ण […]

Jul 25, 2025 - 05:51
 0
बार्सिलोनामा मेसीको आदर्श १० नम्बर जर्सी यामललाई

लन्डन ।

स्पेनिस फुटबल क्लब एफसी बार्सिलोनामा कुनैबेला अर्जेन्टिनी लेजेन्ड लियोनेल मेसीले लगाउने गरेको आदर्श १० नम्बरको जर्सी अब युवा प्रतिभा लामिन यामलले लगाउने भएका छन ।क्लब अध्यक्ष जोआन लापोर्टाले विशेष समारोहमार्फत १८ वर्षीय यामललाई यो जर्सी हस्तान्तरण गरेपछि नयाँ पुस्तालाई नेतृत्व सुम्पने बार्सिलोनाको भावी योजना झल्किएको छ । १० नम्बरको जर्सी बार्सिलोनाको इतिहासमा गौरवपूर्ण छ । ब्राजिलियन जादुगर रोनाल्डिन्होबाट सुरु भएको यो यात्रालाई लियोनल मेसीले अमर बनाए ।

१७ वर्षसम्म क्लबको सिनियर टोलीमा खेलेका मेसी क्लबकै पर्याय बने । कप्तानको जिम्मेवारीमा मैदानमा उत्रिने मेसीले २०२१ मा क्लब छाडेपछि यो जर्सीप्रति समर्थकको भावना यति बलियो भयो कि धेरैले यसलाई संन्यास दिने प्रस्ताव नै गरे । तर, क्लबले त्यो जर्सी मेसीकै मार्गदर्शनमा उदाएका अन्सु फातीलाई जिम्मा दियो ।अन्सु फातीबाट निकै अपेक्षा गरिए पनि चोटले उनको गति रोक्यो । बार्सिलोनाको योजनाबाट बाहिरिँदै हालै उनी फ्रेन्च क्लब मोनाकोमा लोनमा गएका छन् । यही समयमा क्लबले फेरि आफ्नो १० नम्बर नयाँ पात्रलाई सुम्पिएको छ । क्लबको एकेडेमी ‘ला मासिया’ बाट हुर्किएका यामलले केही दिन अघि मात्रै १८ औं जन्मदिन मनाएका थिए ।

अब उनी नयाँ सिजनदेखि १० नम्बर जर्सीमै मैदान उत्रिनेछन् । गत सिजनसम्म उनी १९ नम्बरमा देखिँदै आएका थिए । यामलभित्रको मेसीको झल्को क्लब र समर्थक दुवैले देखेका छन् । यामल उमेरले कलिलो भएपनि प्रतिभाले भने साह्रै परिपक्व छ । यामलको आँकडाले उनको क्षमतालाई पुष्टि गर्छ ।

बार्सिलोनाका लागि १०६ खेलमा २५ गोल र २८ असिस्ट गरेका उनले स्पेनको राष्ट्रिय टिमका लागि २० खेलमा ६ गोल गरिसकेका छन । यामलले २ ला लिगा, १ कोपा डेल रे, १ सुपर कप, साथै युरो कप र नेसन्स लिग पनि जितिसकेका छन् ।
जर्सी हस्तान्तरणपछि उनले आफ्ना भावना साझेदारी गरे–“बाल्यकालदेखि नै मेरो सपना थियो बार्सिलोनाको पहिलो टिममा खेल्ने र १० नम्बरको जर्सी लगाउने । मेसीले यही जर्सीमा इतिहास बनाए, अब म मेरो बाटो बनाउनेछु ।”
अहिले अब उनको काँधमा विश्वकै सबैभन्दा प्रसिद्ध फुटबल जर्सीमध्ये एकको गरिमा जोगाउने जिम्मा थपिएको छ । मेसीकै जस्तो खेलशैली र ट्यालेन्ट भएको मानिएका यामलले विश्व फुटबलमा आफूलाई ‘नयाँ मेस्सी’ को रूपमा स्थापित गर्ने संकेत दिइसकेका छन् । अब हेर्न बाँकी छ उनले १० नम्बरको जर्सीलाई कति उँचाइमा पु¥याउनेछ भनेर । यसको जवाफ चाहिँ समयले नै दिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register