स्पेन र इंग्ल्यान्डबीच युरो कपको फाइनल भिडन्त

लन्डन । स्वीट्जरल्यान्डमा जारी युईएफए वोमेन्स युरो कप फुटबलले रोमाञ्चक मोड लिएको छ । प्रतियोगिताको फाइनल खेल दुई शीर्ष र बलिया टोली स्पेन र इंग्ल्यान्डबीच हुने तय भएको छ । आइतबार राति हुने उक्त फाइनल खेल महिला फुटबलको अर्को ऐतिहासिक क्षण बन्ने पक्का छ । जहाँ दुई उत्कृष्ट राष्ट्रबीच उपाधिका लागि कडा भिडन्त हुनेछ । […]

Jul 25, 2025 - 05:45
 0
स्पेन र इंग्ल्यान्डबीच युरो कपको फाइनल भिडन्त

लन्डन ।

स्वीट्जरल्यान्डमा जारी युईएफए वोमेन्स युरो कप फुटबलले रोमाञ्चक मोड लिएको छ । प्रतियोगिताको फाइनल खेल दुई शीर्ष र बलिया टोली स्पेन र इंग्ल्यान्डबीच हुने तय भएको छ । आइतबार राति हुने उक्त फाइनल खेल महिला फुटबलको अर्को ऐतिहासिक क्षण बन्ने पक्का छ । जहाँ दुई उत्कृष्ट राष्ट्रबीच उपाधिका लागि कडा भिडन्त हुनेछ ।

स्पेनले बुधवार राति भएको सेमिफाइनलमा जर्मनीलाई अतिरिक्त समयमा १–० गोलअन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । स्पेनले एक गोल गरेर खेल जित्नका लागि १२० मिनेटसम्म संघर्ष गर्नु परेको थियो । उक्त जितसँगै स्पेनले फाइनलमा इंग्ल्यान्डसँगको उपाधि भिडन्त पक्का ग¥यो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिम गोलविहीन बनेपछि खेल ३० मिनेटको अतिरिक्त समयसम्म पुगेको थियो ।

९० मिनेटसम्म जसोतसो स्पेनलाई रोकेको जर्मनीले थप समयमा गोल पोस्ट बचाउन सकेन । स्पेनका लागि ११३औं मिनेटमा मिडफिल्डर अइटाना बोनमाटीले गोल गर्दै स्पेनलाई १–० को जित पक्का गर्न सफल भइन । त्यस्ते, इंग्ल्यान्ड पनि अघिल्लो दिन इटालीलाई हराएर फाइनल पुगेको थियो ।

इंग्ल्यान्डले इटालीमाथि २–१ को कठिन जित निकालेको थियो । अब यी दुई टोली उपाधिको अन्तिम दौडमा एकअर्कासँग आमनेसामने हुनेछन् । यस भिडन्तलाई अझ विशेष बनाउने पक्ष के छ भने यही दुई टोलीबीच सन् २०२३ को फिफा महिला विश्वकपको फाइनलमा पनि जम्काभेट भएको थियो । जहाँ स्पेनले इंग्ल्यान्डलाई स्तब्ध पार्दै उपाधि उचालेको थियो । त्यही हारको बदला लिन इंग्लिस टिम यसपटक मैदानमा पूर्ण तयारीसाथ ओर्लिनेछ ।

यता, स्पेन भने विश्वकपपछि युरो कप पनि जित्दै ब्याक–टु–ब्याक दुई ठूला उपाधि जित्ने योजनामा छ । यो लक्ष्य हासिल गरेमा स्पेनिस महिला फुटबलका लागि यो ऐतिहासिक र गौरवपूर्ण क्षण हुनेछ । स्पेनले अहिलेसम्म युरो कप जित्न सकेको छैन र यो फाइनल त्यसका लागि स्वर्ण अवसर हो ।यसअघि स्पेन केवल एकपटक मात्र युरो कपमा तेस्रो स्थानसम्म पुगेको थियो ।
अर्कोतर्फ, इंग्ल्यान्डको महिला टोली युरो कपको साविक विजेता हो ।

सन् २०२२ मा आयोजित युरो कपमा इंग्ल्यान्डले जर्मनीलाई २–१ ले पराजित गर्दै आफ्नो पहिलो युरो कप उपाधि जितेको थियो । त्यसै उपाधिलाई पुनः दोहो¥याउने लक्ष्यसहित इंग्लिश टिम स्वीट्जरल्यान्डको मैदानमा उत्रिनेछ । अहिलेको सन्दर्भमा, दुवै टोली निकै मजबुत प्रदर्शन गर्दै आएको देखिन्छ ।

स्पेनले उत्कृष्ट लय कायम राख्दै आएको छ भने इंग्ल्यान्डले पनि आफ्नो टोलीमा उल्लेखनीय सुधार गरेको छ । यस अर्थमा, आइतबार रातिको फाइनल खेल केवल उपाधिको लागि मात्र नभई गौरव, इतिहास र पुनः स्थापित हुने अवसरका लागि पनि हुनेछ । स्पेन पहिलो युरो कप जित्ने लक्ष्यमा छ भने इंग्ल्यान्ड लगातार दोस्रो पटक युरोपियन च्याम्पियन बन्ने सपना बोकेर मैदानमा उत्रिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register