जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माओवादी सांसद मोदीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले ठेक्का उर्जामन्त्रीको समेत मिलेमतो र सेटिङको कुरा आएको भन्दै सत्यतथ्य छानबिनका लागि माग गरे । उनले के सरकार सेटिङ र मिलेमतोमा नै चलिराख्ने हो ? भन्दै प्रश्न गरे । […]

May 8, 2025 - 07:42
 0
जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माओवादी सांसद मोदीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले ठेक्का उर्जामन्त्रीको समेत मिलेमतो र सेटिङको कुरा आएको भन्दै सत्यतथ्य छानबिनका लागि माग गरे ।
उनले के सरकार सेटिङ र मिलेमतोमा नै चलिराख्ने हो ? भन्दै प्रश्न गरे ।

‘जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियामा उर्जा मन्त्रालयको मन्त्री र जगदुल्लाह हाइड्रोपावरको कार्यकारी निर्देशकको मिलेमतो भएको छ भन्ने कुराहरू विभिन्न सञ्चारमाध्यममा आएको छ । के सरकार सेटिङ र मिलेमतोमा नै चलिराख्ने ?’, उनले भने, ‘यो विषय अख्तियारमा नि गएको छ । खरिद नियमावलीविपरीत छ भनेर त्यहाँ पनि गएको छ । यसमा मन्त्रीको समेत मिलेमतो भएको कारण यसको छानबिनको लागि माग राख्दछु ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register