बौद्ध धर्मदर्शन पालन गरौँ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रुपान्तरणमा गौतमबुद्धका दर्शनको भरपुर उपयोग गर्न आवश्यक रहेको बताएका छन् । सगरमाथा टेलिभिजन र सेतुबन्ध अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा ‘सिद्धार्थ गौतमको मार्गदर्शन र सान्दर्भिकता’ विषयमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले गौतमबुद्धले सिकाएको अहिंसा र शान्तिका माध्यमबाट नेपाललाई विश्व मञ्चमा चिनाउनुपर्ने बताए । कन्फुसियसले प्रतिपादन गरेको […]

May 10, 2025 - 13:01
 0
बौद्ध धर्मदर्शन पालन गरौँ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रुपान्तरणमा गौतमबुद्धका दर्शनको भरपुर उपयोग गर्न आवश्यक रहेको बताएका छन् ।

सगरमाथा टेलिभिजन र सेतुबन्ध अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा ‘सिद्धार्थ गौतमको मार्गदर्शन र सान्दर्भिकता’ विषयमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले गौतमबुद्धले सिकाएको अहिंसा र शान्तिका माध्यमबाट नेपाललाई विश्व मञ्चमा चिनाउनुपर्ने बताए ।

कन्फुसियसले प्रतिपादन गरेको सिद्धान्तबाट चिनियाँ समाज उन्नत भएको, भारतमा पनि आयुर्वेद दर्शनको परिपालनले समुन्नति एवं सत्मार्गमा अग्रसर हुन धेरैलाई प्रेरित गरेको बताउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्रीले बुद्धले देखाएको मार्गमा हिँड्न र उनले दिएको शिक्षा अनुशरण हुनुपर्नेमा जोड दिए ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिमाल नै हिमालभएको हाम्रो देशलाई पर्यापर्यटनका साथै उत्तम ढङ्गले अतिथिको सत्कार गरेर समृद्ध नेपाल निर्माणको सपना साकार तुल्याउन सकिने विचार व्यक्त गरे । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register