रवीन्द्र मिश्रले सर्वोच्चमा दायर गरे बन्दीप्रत्यक्षीकरणको रिट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ । गैरकानुनी रूपमा थुनामा राखिएको मिश्रको तर्फबाट श्रीमती सारिका कार्कीले मङ्गलबार रिट दायर गरेकी हुन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिका सदस्य सचिवसमेत रहेका मिश्र गत चैत १५ गते पक्राउ परेका थिए । रिटमा गृह मन्त्रालयलाई […]

May 13, 2025 - 12:17
 0
रवीन्द्र मिश्रले सर्वोच्चमा दायर गरे बन्दीप्रत्यक्षीकरणको रिट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ ।

गैरकानुनी रूपमा थुनामा राखिएको मिश्रको तर्फबाट श्रीमती सारिका कार्कीले मङ्गलबार रिट दायर गरेकी हुन् ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिका सदस्य सचिवसमेत रहेका मिश्र गत चैत १५ गते पक्राउ परेका थिए ।

रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ । रिटको पेसी बुधबारका लागि तोकिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register