भारतीय सीमावर्ती बौधिमाई नगरपालिकामा अवैध अस्पताल सञ्चालनमा

रौतहट  ।  भारतीय सीमा जोडिएको रौतहटको बौधिमाई नगरपालिकामा सञ्चालित अधिकांश अस्पताल अवैध रहेको छ । बौधिमाई नगरपालिकाकाले आफ्नो क्षेत्र भित्र सञ्चालित निजी स्वास्थ्य, पोलि क्लिनिक नर्सिङ होम र अस्पतालको विवरण स्वास्थ्य कार्यालय गौरमा पठाउँदा सात वटा मध्ये एक मात्र दर्ता रहेको जानकारी गराउँदा समेत अवैध खोलिएका अस्पतालहरु निसकोच सञ्चालनमा रहेका छन । कानुनी प्रक्रिया पूरा […]

May 13, 2025 - 12:19
 0
भारतीय सीमावर्ती बौधिमाई नगरपालिकामा अवैध अस्पताल सञ्चालनमा

रौतहट  । 

भारतीय सीमा जोडिएको रौतहटको बौधिमाई नगरपालिकामा सञ्चालित अधिकांश अस्पताल अवैध रहेको छ । बौधिमाई नगरपालिकाकाले आफ्नो क्षेत्र भित्र सञ्चालित निजी स्वास्थ्य, पोलि क्लिनिक नर्सिङ होम र अस्पतालको विवरण स्वास्थ्य कार्यालय गौरमा पठाउँदा सात वटा मध्ये एक मात्र दर्ता रहेको जानकारी गराउँदा समेत अवैध खोलिएका अस्पतालहरु निसकोच सञ्चालनमा रहेका छन । कानुनी प्रक्रिया पूरा नगरी सञ्चालित रहेका स्वास्थ्य संस्थाहरूको सेवा प्रवाह समेत गुणस्तरीय नरहेको आरोप स्थानीयको रहेको छ । 

नगरपालिकाको स्वास्थ्य शाखाबाट समय समयमा अनुगमन नहुँदा  जथाभाबी खोलिएका अस्पतालले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गर्ने र बिरामी जाँचेको बहानामा अनधिकृत शुल्क उठाउँदै आएको समेत आरोप रहेको छ । बौधिमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राकेश प्रसाद यादबले स्वास्थ्य कार्यालय गौरमा अस्पतालको विवरण पठाउँदा बौधिमाई नगरपालिका–७ मा रहेको चन्द्रब्योती कान्ति हस्पिटल प्राइभेट लिमिटेड मात्र दर्ता भएको जानकारी गराएको  थियो भने अन्य सञ्चालित अस्पताल मध्ये दर्ता बिनानै सञ्चालनमा दृष्टि आइ हस्पिटल बन्कुल, जन सेवा पोलि क्लिनिक अजगैबी, र घोडहि माइ हस्पिटल कोपवा रहेको र २ वर्ष देखि नवीकरण नगरी जानकी हस्पिटल प्रालि बंकुल र चार वर्ष देखि नबिरण नगरी श्री मा तराई हस्पिटल एण्ड डायगोनोस्टिक सेन्टर प्रालि सञ्चालनमा रहेका छन् ।

 यस्तै आ.बि.आर. मेमोरियल हस्पिटल एण्ड रिसर्च प्रालि प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ । अवैध खोलिएका अस्पतालले नियुक्त गरेका डाक्टर, चिकित्सक र कर्मचारीहरुको शैक्षिक प्रमाण पत्रको समेत जाँच हुनु पर्ने आवाज उठेको छ । बौधिमाई नगरपालिकाको स्वास्थ्य शाखाले दुई महिनाअघि अवैध र कानुन बिपतिका अस्पतालहरूको नाम सार्वजनिक गरेपनि कानुनी दायरामा ल्याउन सकेको छैन ।

 बौधिमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीले स्वास्थ्य शाखा मार्फत नगरपालिकामा सञ्चालित सबै निजी अस्पताललाई कानुनी दायरामा ल्याउन लागिएको बताए । दुई महिना अघि मधेश प्रदेशका मुख्यमन्त्री  सतिस सिंहले  राजमागएको शहरी क्षेत्रका अस्पतालको अनुगमन गर्नु भएता पनि ग्रामीण  भेगका अस्पतालका अनुगमन नगर्दा त्यस्ता अवैध अस्पताल निर्बाध सञ्चालनमा रहेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register