वैदेशिक रोजगार विभागद्वारा २ कम्पनीमा छापा

काठमाडौं । वैदेशिक रोजगार विभागले युरो अमेरिका सपोर्ट एन्ड वल्र्ड वाइड कन्सल्ट सर्भिस प्रा.लि.मा छापा मारेको छ । विभागले कामदारलाई ठगी गर्नेहरूविरुद्ध आक्रामक कारबाही गर्ने नीति अख्तियार गरेसँगै विभिन्न कम्पनीमा छापा मारी कारबाही गर्ने क्रमलाई तीव्रता दिएको छ । वीरगञ्जका राजनकुमार बैठालाई कामदार भिसामा युरोप लैजान्छु भनी पैसा ठगेको आरोप लागेपछि विभागले कन्सल्ट सर्भिस प्रा.लि.मा […]

May 14, 2025 - 02:52
 0
वैदेशिक रोजगार विभागद्वारा २ कम्पनीमा छापा

काठमाडौं ।

वैदेशिक रोजगार विभागले युरो अमेरिका सपोर्ट एन्ड वल्र्ड वाइड कन्सल्ट सर्भिस प्रा.लि.मा छापा मारेको छ । विभागले कामदारलाई ठगी गर्नेहरूविरुद्ध आक्रामक कारबाही गर्ने नीति अख्तियार गरेसँगै विभिन्न कम्पनीमा छापा मारी कारबाही गर्ने क्रमलाई तीव्रता दिएको छ ।

वीरगञ्जका राजनकुमार बैठालाई कामदार भिसामा युरोप लैजान्छु भनी पैसा ठगेको आरोप लागेपछि विभागले कन्सल्ट सर्भिस प्रा.लि.मा छापा मारेको वैदेशिक रोजगार विभागका निर्देशक उपेन्द्र पौडेलले जानकारी दिनुभयो ।

पछिल्लो समय नयाँ महानिर्देशक कमलप्रसाद भट्टराई आएपछि वैदेशिक रोजगारीसम्बन्धी समस्याको समाधान, राहत, उद्धार, अनुगमन, श्रम स्वीकृति, वैदेशिक रोजगार ठगी, विद्युतीय सुशासन एवम् थुप्रै आन्तरिक सुधारका कामहरू हुन थालेका छन् । महानिर्देशक भट्टराइकै पहलमा विभिन्न कारबाही हुने क्रम जारी रहेको निर्देशक पौडेलले जानकारी दिनुभयो ।

युरो अमेरिका सपोर्ट एन्ड वल्र्ड वाइड कन्सल्ट सर्भिस प्रा.लि.बाट १ लाख ९ हजार रुपियाँ विभागले असुल गरी फिर्ता गराएको छ । विभागको सक्रियताबाट आफूले पैसा फिर्ता पाएको भन्दै पीडित बैठाले खुशी व्यक्त गर्नुभयो ।

यस्तै, वैदेशिक रोजगार ठगीको आरोपमा क्यारियर टेक ग्रोथ कन्सल्टेन्सीमा पनि विभागले छापा मारको छ । छापा मार्दा कन्सल्टेन्सीबाट ३२ थान चेक, विभिन्न पाँचवटा बैंकको चेकबुक साथै वैदेशिक रोजगार ठगीको शंकास्पद कागजात समेत विभागले जफत गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register