मखनटोल आगलागी : दुई घर जले, एक महिलाको मृत्यु
काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी हुँदा दुई घर जलेका छन् । यस्तै आगलागीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुने महिलाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । महानगरको वडा नम्बर २४ स्थित मखनटोलको महादेव चोकमा रहेको एक घरमा बुधबार बिहान आगलागी भएको हो । उक्त आगो अर्को घरमा […]

काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी हुँदा दुई घर जलेका छन् ।
यस्तै आगलागीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुने महिलाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
महानगरको वडा नम्बर २४ स्थित मखनटोलको महादेव चोकमा रहेको एक घरमा बुधबार बिहान आगलागी भएको हो ।
उक्त आगो अर्को घरमा समेत फैलिएको थियो । आगो सुरुमा मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको माटो र काठले बनेको ४ तले कच्ची घरमा लागेको थियो । सो आगो पछि दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमासमेत सल्कियो ।
घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको काठमाडौं प्रहरीले जनाएको छ ।
काठमाडौं र ललितपुर महानगरका दमकलको सहयोगमा आगो निभाउन सफल भएको प्रहरीले जनाएको छ । आगो निभाउन प्रहरीसँगै नेपाली सेना, सशस्त्र र महानगर प्रहरीको टोली पनि खटिएको थियो ।
What's Your Reaction?






