खगेन्द्र सुनारविरुद्ध अवहेलना मुद्दा : लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । दलित अभियन्ता भनेर चिनिने खगेन्द्र सुनारविरुद्ध परेको अवहेलना मुद्दामा सर्वोच्च अदालतले सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासले सुनारलाई सात दिनभित्र जवाफ पेस गर्न आदेश दिएको हो । रुकुम पश्चिमको सोती घटनामा उच्च अदालत सुर्खेतले जातीय छुवाछुतसम्बन्धी मुद्दा भने सफाइ दिएको […]

May 6, 2025 - 13:17
 0
खगेन्द्र सुनारविरुद्ध अवहेलना मुद्दा : लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । दलित अभियन्ता भनेर चिनिने खगेन्द्र सुनारविरुद्ध परेको अवहेलना मुद्दामा सर्वोच्च अदालतले सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासले सुनारलाई सात दिनभित्र जवाफ पेस गर्न आदेश दिएको हो ।

रुकुम पश्चिमको सोती घटनामा उच्च अदालत सुर्खेतले जातीय छुवाछुतसम्बन्धी मुद्दा भने सफाइ दिएको थियो । सो फैसलापछि सुनारले अदालत गेटमा न्यायाधीशविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनका क्रममा उनले मुद्दामा फैसला गर्ने उच्चका न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको राजीनामा माग्दै ब्यानर प्रदर्शन गरेका थिए ।

उच्च अदालतको फैसलालाई लिएर न्यायाधीशविरुद्ध उत्रिएपछि अधिवक्ता मनीषा गौतमले वैशाख १९ गते सुनारविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेकी थिइन् । यस किसिमका प्रदर्शनले अदालतमाथिको नागरिक विश्वासमा प्रश्न उठाउने गौतमको दाबी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register