पाथीभरा केबलकार प्रकरण : तीन घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी

काठमाडौं । ताप्लेजुङको पाथीभरा मन्दिरमा केबलकार निर्माणको विरोधका क्रममा घाइते भएका तीन जनालाई काठमाडौं ल्याउने तयारी गरिएको छ । विराटनगरको नोबेल अस्पतालमा उपचारत तीन घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको एक आन्दोलनकारीले जानकारी दिए । सुरक्षाकर्मीको गोली लागेर ‘गम्भीर’ घाइते भएका यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वालाई काठमाडौं ल्याउने […]

Jan 26, 2025 - 06:17
 0
पाथीभरा केबलकार प्रकरण : तीन घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी

काठमाडौं । ताप्लेजुङको पाथीभरा मन्दिरमा केबलकार निर्माणको विरोधका क्रममा घाइते भएका तीन जनालाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।

विराटनगरको नोबेल अस्पतालमा उपचारत तीन घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको एक आन्दोलनकारीले जानकारी दिए ।

सुरक्षाकर्मीको गोली लागेर ‘गम्भीर’ घाइते भएका यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वालाई काठमाडौं ल्याउने तयारी भएको हो ।

पाथीभरा क्षेत्रमा शनिबार सुरक्षाकर्मी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा कम्तीमा १८ जना घाइते भएका छन् ।

झडपमा परी १३ जना प्रहरी र पाँच आन्दोलनकारी घाइते भएको जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले जनाएको छ ।

झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मङ्गल लावती घाइते भएका छन् । एक आन्दोलनकारीको भने परिचय खुलाइएको छैन ।

प्रहरीतर्फ भने प्रहरी निरीक्षक (इन्सपेक्टर)देखि जवानसम्म घाइते भएको जनाइएको छ ।

काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा शनिबार साँझ झडप भएको थियो ।

आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । स्थिति नियन्त्रणबाहिर गएपछि गोली चलाइएको प्रहरीले जनाएको छ । गोली दुईजना आन्दोलनकारीलाई लागेको बताइएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीसँग लुकाइएको हतार रहेको सूचना पाएपछि खोजतलास गर्ने क्रममा विभिन्न सामान बरामद गरिएको हो ।

हिमालयन कन्सट्रक्सनले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी केवलकार निर्माण योजना अघि बढाएको हो । गत मङ्गलबारदेखि जमिन सम्याउने काम सुरु भएको हो ।

आइतबार अवस्था सामान्य रहेको प्रशासन कार्यालयले जनाएको छ ।

पाथीभरा क्षेत्रमा झडप : सुरक्षाकर्मी र आन्दोलनकारी गरी १८ जना घाइते, तीनको अवस्था ‘गम्भीर’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register