मेक्सिन टिकटकरको लाइभस्ट्रिमकै क्रममा हत्या

मेक्सिकोकी टिकटकर भालेरिया मार्केजको टिकटक लाइभस्ट्रिमकै क्रममा गोली हानी हत्या गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयर्टसका अनुसार २३ वर्षीया मेक्सिकन टिकटकर भालेरिया सौन्दर्य र मेकअप सामग्रीका लागि परिचित थिइन् । उनको मंगलबार आफ्नो ब्युटी सैलुनमा टिकटक लाइभस्ट्रिमको क्रममा गोली हानी हत्या गरिएको छ । मेक्सिकोमा चलिरहेको लैङ्गिक हिंसाको संकटको बीचमा यो घटनाले देशभर आघात […]

May 15, 2025 - 06:39
 0
मेक्सिन टिकटकरको लाइभस्ट्रिमकै क्रममा हत्या

मेक्सिकोकी टिकटकर भालेरिया मार्केजको टिकटक लाइभस्ट्रिमकै क्रममा गोली हानी हत्या गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयर्टसका अनुसार २३ वर्षीया मेक्सिकन टिकटकर भालेरिया सौन्दर्य र मेकअप सामग्रीका लागि परिचित थिइन् । उनको मंगलबार आफ्नो ब्युटी सैलुनमा टिकटक लाइभस्ट्रिमको क्रममा गोली हानी हत्या गरिएको छ ।

मेक्सिकोमा चलिरहेको लैङ्गिक हिंसाको संकटको बीचमा यो घटनाले देशभर आघात पुर्‍याएको छ, र जालिस्को राज्यका अधिकारीहरूले यसलाई लैङ्गिक आधारमा गरिएको हत्या (फेमिसाइड) को रूपमा अनुसन्धान गरिरहेका छन् । घटनाको केही क्षणअघि, मार्केज आफ्नो लाइभस्ट्रिममा एउटा भरिएको खेलौना समातेर बसेको देखिएकी थिइन् र उनले ‘उनीहरू आउँदै छन्’ भनेको सुनिएको थियो ।

त्यसपछि पृष्ठभूमिमा कसैको आवाजले उनलाई बोलाएको थियो । उनलाई तीन गोली हानिएको प्रहरीको भनाइ छ । हत्यारा पुरुष भागेको बताइएको छ । हालसम्म कुनै संदिग्धको आधिकारिक नाम उल्लेख गरिएको छैन, तर केही स्रोतहरूले उनका पूर्वप्रेमी, जेसस हर्नान्डेजलाई संदिग्धको रूपमा औंल्याएका छन् । जसको होन्डुरन कार्टेलसँग सम्बन्ध भएको दाबी गरिएको छ, यद्यपि यो पुष्टि भएको छैन । हत्याको कारण अझै अनुसन्धानको क्रममा छ । हालसम्म कुनै गिरफ्तारी भएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register