झापाको पुँजीगत खर्च ४२ प्रतिशत

झापा, १ जेठ । जिल्लामा चालु आर्थिक वर्ष २०८१–८२ को १० महिनामा पुँजीगत खर्च ४२ दशमलव ५६ प्रतिशत भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार पुँजीगततर्फ जिल्लाका लागि १० अर्ब ७१ करोड विनियोजन भएकामा वैशाखसम्ममा चार अर्ब ५५ करोड ९२ लाख खर्च भएको छ । “चालुतर्फ विनियोजित १६ [...] The post झापाको पुँजीगत खर्च ४२ प्रतिशत appeared first on Jhapa Online.

May 15, 2025 - 09:05
 0
झापाको पुँजीगत खर्च ४२ प्रतिशत

झापा, १ जेठ । जिल्लामा चालु आर्थिक वर्ष २०८१–८२ को १० महिनामा पुँजीगत खर्च ४२ दशमलव ५६ प्रतिशत भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार पुँजीगततर्फ जिल्लाका लागि १० अर्ब ७१ करोड विनियोजन भएकामा वैशाखसम्ममा चार अर्ब ५५ करोड ९२ लाख खर्च भएको छ । “चालुतर्फ विनियोजित १६ अर्ब २२ करोड ९० लाखमध्ये ७७ दशमलव ६३ प्रतिशत अर्थात् १२ अर्ब ५९ करोड ९२ लाख खर्च भएको छ”, उनले भने ।

कार्यालयको तथ्याङ्कअनुसार समग्रमा जिल्लाको खर्च ६३ दशमलव ६९ प्रतिशत अर्थात् १७ अर्ब १५ करोड ८५ लाख ७० हजार खर्च भएको छ । चालु आवको वैशाखसम्ममा जिल्लाभर १६ अर्ब ९७ करोड ६९ लाख सात हजार २३ राजस्व सङ्कलन भएको छ ।

The post झापाको पुँजीगत खर्च ४२ प्रतिशत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register