बिर्तामोड नगरपालिकाले दियो ट्राफिकलाई ब्रेथलाइजर र गोप्रो क्यामेरा

बिर्तामोड, १ जेठ । बिर्तामोड नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई ब्रेथलाईजर र गोप्रो क्यामेरा प्रदान गरेको छ। नगर प्रमुख पवित्रा महतारा प्रसाईले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेललाई आज ब्रेथलाइजर र गोप्रो क्यामेरा १–१ थान हस्तान्तरण गर्नु भएको हो । नगर प्रमुख प्रसाईले यस आधुनिक उपकरणले सवारी चालकको मदिरा सेवन [...] The post बिर्तामोड नगरपालिकाले दियो ट्राफिकलाई ब्रेथलाइजर र गोप्रो क्यामेरा appeared first on Jhapa Online.

May 15, 2025 - 16:02
 0
बिर्तामोड नगरपालिकाले दियो ट्राफिकलाई ब्रेथलाइजर र गोप्रो क्यामेरा

बिर्तामोड, १ जेठ । बिर्तामोड नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई ब्रेथलाईजर र गोप्रो क्यामेरा प्रदान गरेको छ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेललाई आज ब्रेथलाइजर र गोप्रो क्यामेरा १–१ थान हस्तान्तरण गर्नु भएको हो ।

नगर प्रमुख प्रसाईले यस आधुनिक उपकरणले सवारी चालकको मदिरा सेवन परीक्षण तथा निगरानी कार्यमा थप सहज हुने बताउनु भयो । दुर्घटना न्युनिकरणमा थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले बिर्तामोडको ट्राफिक व्यवस्थापनका लागि आगामी दिनमा थप सहयोग गर्दै जाने बताउनु भयो ।

झापा ट्राफिक प्रहरीसंग ब्रेथलाईजर, क्यामेरा, राडरगन लगायतका आवश्यक सामाग्री प्रयाप्त नहुँदा दैनिक क्रियाकलापमा असहज हुनेगरेको छ । बिर्तामोड नगरपालिकाले करिब २ लाख रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरेको हो ।

उपकरण हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडा नम्बर ७ का वडाअध्यक्ष अविरलकृष्ण खरेल, कार्यपालिका सदस्य निर्मला ल्वागुन गजमेर, वरिष्ठ योजना अधिकृत जय तिम्सिना, शाखा अधिकृत मेघराज वाँस्तोलालगायतको उपस्थिति रहेको थियो ।

The post बिर्तामोड नगरपालिकाले दियो ट्राफिकलाई ब्रेथलाइजर र गोप्रो क्यामेरा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register