झापामा चट्याङ लागेर एक जनाको मृत्यु

बनियानी, २७ चैत । झापाको गौरादहमा आज चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान चट्याङको झट्का लागेर पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे घर भई हाल गौरादह–५ बालुबथानमा बस्दै आएका करिब ५४ वर्षीय दुधकुमार लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । गौरादह–५ बालुबथानका गोमनाथ चेम्जुङको खेती अधिया गरी [...] The post झापामा चट्याङ लागेर एक जनाको मृत्यु appeared first on Jhapa Online.

Apr 9, 2025 - 12:13
 0
झापामा चट्याङ लागेर एक जनाको मृत्यु

बनियानी, २७ चैत । झापाको गौरादहमा आज चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

आज बिहान चट्याङको झट्का लागेर पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे घर भई हाल गौरादह–५ बालुबथानमा बस्दै आएका करिब ५४ वर्षीय दुधकुमार लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

गौरादह–५ बालुबथानका गोमनाथ चेम्जुङको खेती अधिया गरी उनकै घरमा बस्दै आएका लावतीको किचन कोठामा खाजा खाने क्रममा पानीसँगै परेको चट्याङको झट्का लागेर मृत्यु भएको हो ।

घटनाबारे स्थानीयबासीले इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय गौरादहबाट घटनास्थलमा पुगेको थियो । मृतकको शवका कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापामा चट्याङ लागेर एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register