पाकिस्तानका विदेशमन्त्री तीन दिने भ्रमणका लागि चीन प्रस्थान

काठमाडाैं । पाकिस्तानका विदेशमन्त्री मोहम्मद इशाक दार सोमबार चीनको तीन दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । यस भ्रमणका क्रममा दारले चिनियाँ विदेशमन्त्री वाङ यीका साथै चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुख सदस्यहरूसहित अन्य वरिष्ठ चिनियाँ नेतासँग भेट गर्ने बीबीसीको समाचारमा उल्लेख छ । पाकिस्तानको विदेश मन्त्रालयका अनुसार यी बैठकहरू क्षेत्रीय विकास र पाकिस्तान–चीन सम्बन्धका विभिन्न […]

May 19, 2025 - 09:33
 0
पाकिस्तानका विदेशमन्त्री तीन दिने भ्रमणका लागि चीन प्रस्थान

काठमाडाैं । पाकिस्तानका विदेशमन्त्री मोहम्मद इशाक दार सोमबार चीनको तीन दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

यस भ्रमणका क्रममा दारले चिनियाँ विदेशमन्त्री वाङ यीका साथै चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुख सदस्यहरूसहित अन्य वरिष्ठ चिनियाँ नेतासँग भेट गर्ने बीबीसीको समाचारमा उल्लेख छ ।

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार यी बैठकहरू क्षेत्रीय विकास र पाकिस्तान–चीन सम्बन्धका विभिन्न आयामहरूमा केन्द्रित हुनेछन् ।

यसअघि पाकिस्तानको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै चीनले पाकिस्तानी विदेशमन्त्री दारलाई तीन दिने भ्रमणका लागि आमन्त्रित गरेको जनाएको थियो ।

दारले बुधबारसम्म चीनको भ्रमण गर्नेछन् । यस क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग दक्षिण एसियाको अवस्थाबारे गहन छलफल गर्ने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register