पश्चिमी वायु प्रणाली सक्रिय हुँदा काठमाडौंमा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । यतिबेला काठमाडौं उपत्यकाका अधिकांश स्थानमा वर्षा भइरहेको छ । देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र कोशी, मधेश, बागमती, गण्डकीका केही भू—भाग र लुम्बिनीका पूर्वी क्षेत्रका थोरै भू—भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]

Jun 13, 2025 - 08:13
 0
पश्चिमी वायु प्रणाली सक्रिय हुँदा काठमाडौंमा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । यतिबेला काठमाडौं उपत्यकाका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र कोशी, मधेश, बागमती, गण्डकीका केही भू—भाग र लुम्बिनीका पूर्वी क्षेत्रका थोरै भू—भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद्हरुका अनुसार पश्चिमतिरबाट वर्षा गराउने प्रणाली आइरहेकाले केही समय अझै एक/दुई घन्टा पानी पर्ने महाशाखाले जनाएको छ । साढे ११ बजेसम्म काठमाडौंमा चार मिलिमिटर वर्षा भएको जनाइएको छ ।

मौसमविद्हरुले अब वर्षासँगै छिट्टै देशभर मनसुनी वायु सक्रिय हुने बताएका छन् । हाल मनसुन भित्रिएपनि सधैं सक्रिय नहुने उनीहरुको भनाई छ ।

जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले मनसुन भित्रिसके पनि सधैं सक्रिय नहुने प्रतिक्रिया दिइन् । ‘यतिबेलाको मौसमको कुरा गर्दा मनसुन पूर्वी भू–भागबाट भित्रिसकेको छ । तर, मुलुकको मध्य र पश्चिम एवम सुदूरपश्चिमतिर मनसुन सक्रिय हुनेक्रममा छ ।’ – नेपाल न्युज बैंक

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register