गाजाको विद्यालय क्षेत्रमा इजरायली आक्रमण : कम्तीमा ५४ जनाको मृत्यु

गाजा । गाजामा शरणार्थीहरू बसोबास गरिहको एक विद्यालयलगायतका स्थानमा सोमबार भएको इजरायली आक्रमणमा कम्तीमा ५४ जनाको मृत्यु भएको छ । यसको पुष्टि उद्धारकर्ताहरूले गरेका छन् । गाजाका नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भने, ‘विद्यालयमा भएको आक्रमणमा कम्तीमा ३३ जना मारिएका छन् । उनीहरूमध्ये अधिकांश बालबालिका भएको बताइएको छ ।’ उनका अनुसार सयौं मानिसहरू शरण […]

May 26, 2025 - 15:31
 0
गाजाको विद्यालय क्षेत्रमा इजरायली आक्रमण : कम्तीमा ५४ जनाको मृत्यु

गाजा । गाजामा शरणार्थीहरू बसोबास गरिहको एक विद्यालयलगायतका स्थानमा सोमबार भएको इजरायली आक्रमणमा कम्तीमा ५४ जनाको मृत्यु भएको छ । यसको पुष्टि उद्धारकर्ताहरूले गरेका छन् ।

गाजाका नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भने, ‘विद्यालयमा भएको आक्रमणमा कम्तीमा ३३ जना मारिएका छन् । उनीहरूमध्ये अधिकांश बालबालिका भएको बताइएको छ ।’

उनका अनुसार सयौं मानिसहरू शरण लिइरहेको ‘फाहमी अल–जरजावी स्कुल’मा भएको आक्रमणमा ३५ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् ।

त्यसैगरी, उत्तरी गाजापट्टीको जबालिया सहरमा रहेको अब्द रब्बो परिवारको घरलाई लक्षित गरी सोमबार बिहान लडाकू विमानले आक्रमण गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको बासलले बताए ।

इजरायलले आफ्नो गाजा आक्रमणलाई विस्तार गरेको छ र हमासको पराजयको उद्देश्यको रूपमा दशौं हजार पूर्व सैनिक तथा सुरक्षकर्मीलाई सक्रिय बनाएको छ।

गाजापट्टीमा लगभग तीन महिनाको मानवीय आपूर्तिको नाकाबन्दीपछि हिंसाको तीव्रताले इजरायलविरूद्ध अन्तर्राष्ट्रियस्तरमा आलोचना भइरहेको छ ।

गत हप्ता स्पेनको म्याड्रिडमा विश्वका नेताहरूले युद्धको अन्त्यका लागि आह्वान गरेका थिए भने मानवीय संस्थाहरूले उपलब्ध सहयताले गाजामा भोक र स्वास्थ्यको सङ्कट रोक्न पर्याप्त नभएको बताएका छन् ।

इजरायली सेनाले ‘फाहमी अल–जरजावी’ स्कुलमा हमास र इस्लामिक जिहादको कमान्ड र नियन्त्रणको केन्द्रभित्र काम गर्ने प्रमुख आतङ्ककारीहरूलाई आक्रमण गरेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अभियानमा इजरायललाई गरेको समर्थन सकेसम्म चाँडो रोक्ने बताएका छन् ।

यस्तै अरब र युरोपेली राष्ट्रहरूलाई द्वन्द्वको अन्त्यका लागि स्पेनका विदेश मन्त्री जोसे म्यानुएल अल्बारेजले इजरायलमाथि हतियार प्रतिबन्ध लगाउन आह्वान गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register