झापाको बाह्रदशीमा आगोलागी हुँदा महिला घाइते

झापा, १३ जेठ । झापाको बाह्रदशी गाउँपालिका–५ मा आज बिहान आगलागी हुँदा एक महिला घाइते भएकी छन् । आज बिहान अन्दाजी ४ बजेको समयमा बाह्रदशी गाउँपालिका–५ घोडामार टोलकी ५० वर्षीया विष्णु ओझाको गुवालीमा रहेको चुलोमा खोले पकाएर ननिभाइकन राखेकोमा अचानक आगो सल्किएर आगलागी भएको थियो । आगो निभाउने क्रममा बिष्णु ओझाको आगोले ढाँड तथा हातमा [...] The post झापाको बाह्रदशीमा आगोलागी हुँदा महिला घाइते appeared first on Jhapa Online.

May 27, 2025 - 03:41
 0
झापाको बाह्रदशीमा आगोलागी हुँदा महिला घाइते

झापा, १३ जेठ । झापाको बाह्रदशी गाउँपालिका–५ मा आज बिहान आगलागी हुँदा एक महिला घाइते भएकी छन् ।

आज बिहान अन्दाजी ४ बजेको समयमा बाह्रदशी गाउँपालिका–५ घोडामार टोलकी ५० वर्षीया विष्णु ओझाको गुवालीमा रहेको चुलोमा खोले पकाएर ननिभाइकन राखेकोमा अचानक आगो सल्किएर आगलागी भएको थियो ।

आगो निभाउने क्रममा बिष्णु ओझाको आगोले ढाँड तथा हातमा जलेर घाइते भएकी छन् । उनको बिर्तासिटी अस्पताल बिर्तामोड उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा आगो ४ः३० बजे नियन्त्रणमा लिइएको थियो । उक्त आगोलागीबाट विद्युतीय मोटर, कुटी काट्टने मेसिन सामान्य जलेको छ । त्यस्तै, दुई वटा गाईको बाच्छा जलेर मरेको छ । काठपात र गुवाली पुर्ण रुपमा जलि नष्ट हुँदा करिब दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापाको बाह्रदशीमा आगोलागी हुँदा महिला घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register