झापामा बाढी : सात वर्षमा ४६ जनाको मृत्यु, यो वर्ष नौ हजार परिवार उच्च जोखिममा

सन्तोष शर्माझापा, १३ जेठ । झापामा विगत सात वर्षमा बाढीले ४६ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । विसं. २०७५ सालदेखि २०८१ सालसम्म सात वर्षको अवधिमा जिल्लाका विभिन्न आएको बाढीका कारण ४६ जनाको मृत्यु भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । २०७६ सालमा बाढीमा परी बेपत्ता भएका [...] The post झापामा बाढी : सात वर्षमा ४६ जनाको मृत्यु, यो वर्ष नौ हजार परिवार उच्च जोखिममा appeared first on Jhapa Online.

May 27, 2025 - 03:47
 0
झापामा बाढी : सात वर्षमा ४६ जनाको मृत्यु, यो वर्ष नौ हजार परिवार उच्च जोखिममा

सन्तोष शर्मा
झापा, १३ जेठ ।
झापामा विगत सात वर्षमा बाढीले ४६ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।

विसं. २०७५ सालदेखि २०८१ सालसम्म सात वर्षको अवधिमा जिल्लाका विभिन्न आएको बाढीका कारण ४६ जनाको मृत्यु भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । २०७६ सालमा बाढीमा परी बेपत्ता भएका झापा गाउँपालिकाबाट एक जनाको हालसम्म पत्ता लाग्न सकेको छैन ।

बाढीका कारण विसं. २०७५ मा १ जना, २०७६ मा १० जना, २०७७ मा २१ जना, २०८० मा ५ जना र २०८१ सालमा ९ नौ जनाको मृत्यु भएको नेपाल रेडक्रस सोसाइटी झापाको तथ्यांक छ ।

बाढीका कारण सोही अवधिमा नौ हजार २६ परिवार प्रभावित, तीन सय ५९ परिवार पूर्णरुपमा विस्थापित र दुई हजार पाँच सय ८० परिवार आंशिक विस्थापित भएको सभापति ढकालले बताउनुभयो ।

नौ हजार परिवार उच्च जोखिममा
भmापा यस वर्ष बाढीका कारण नौ हजार घरपरिवार प्रभावित हुने रहेका छन् । जिल्लाका चार वटा गाउँपालिका झापा, गौरीगञ्ज, कचनकवल र बाह्रदशी उच्च जोखिममा रहेको छ ।

शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका, भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका, गौरादह नगरपालिका, दमक नगरपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, हल्दिबारी गाउँपालिका र बद्धशान्ति गाउँपालिका जोखिममा रहेको छ । यी पालिकाका नदीमा पानीको सतह ४.३ भन्दा माथि हुने बित्तिकै आठ हजार नौ सय १९ घरपरिवार विस्थापित हुने सभापति ढकालले बताउनुभयो ।

जिल्लाका मुख्य नदीहरु विरिङ, कन्काई, रतुवा, मेची, निन्दा, देउनिया, फुलवासा, हडिया, टाङटिङ, नेते, कमल, बनियानी लगायतका खोलामा बर्सेनि बाढी आउने गरेको छ । यी नदीमा पानीको बहाव बढेसँगै बाढी गाउँबस्ती पस्ने गरेको छ ।

भmापा जिल्लाको मध्य भएर बग्ने कनकाई, विरिङ र निन्दा नदीमा बाढी मापन केन्द्रहरु रहेका छन् भने जिल्लाभरि नौ स्थानमा वर्षामापन केन्द्र रहेको छ ।

जिल्लामा रेडक्रसका स्वयम्सेवक एक सय २५ जना रहेका छन् । दुई सय परिवारलाई पुग्ने गैरखाद्य सामग्री र उद्धार सामग्री १५ थान लाइफ ग्याकेट, ६ थान अस्थायी आवासका लागि टेन्ट, १० हजार लिटर खानेपानीको व्लाडर ट्याकं र हाते माइक, साइरन कनकाई नदी वारिपारि भण्डारण गरिएको झापा रेडक्रसले जनाएको छ ।

The post झापामा बाढी : सात वर्षमा ४६ जनाको मृत्यु, यो वर्ष नौ हजार परिवार उच्च जोखिममा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register