कुखुराको मासुको मूल्य घट्यो, प्रतिकिलो कति ?

काठमाडौँ । कुखुराको मासुको मूल्य घटेको छ । जेठ १९ गतेदेखि लागू हुने गरी बोइलर कुखुराको मासुको मूल्य घटेको हो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार कुखुराको मासुको मूल्य किलोमा १० देखि १५ रुपैयाँसम्मले घटेको छ । जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँले घटेर २ सय ४० रुपैयाँ कायम छ । यसअघि जिउँदो कुखुराको […]

Jun 2, 2025 - 08:38
 0
कुखुराको मासुको मूल्य घट्यो, प्रतिकिलो कति ?

काठमाडौँ । कुखुराको मासुको मूल्य घटेको छ । जेठ १९ गतेदेखि लागू हुने गरी बोइलर कुखुराको मासुको मूल्य घटेको हो ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार कुखुराको मासुको मूल्य किलोमा १० देखि १५ रुपैयाँसम्मले घटेको छ । जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँले घटेर २ सय ४० रुपैयाँ कायम छ । यसअघि जिउँदो कुखुराको प्रतिकिलो मूल्य २ सय ५० रुपैयाँ थियो ।

त्यस्तै, तयारी मासुको मूल्य किलोमा १५ रुपैयाँले घटेको छ । मूल्य घटेसँगै यसअघि ३ सय ५० रुपैयाँ रहेको तयारी मासुको मूल्य ३ सय ३५ रुपैयाँ कायम भएको संघले जनाएको छ ।

गर्मी मौसममा मागभन्दा बढी उत्पादन भएका कारण मासुको मूल्य घटेको व्यवसायीहरुले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register