काईई मोटर्सको “ग्रीन व्हील्स टु मार्बल हिल्स” कार्यक्रम सम्पन्न

काठमाडौं । काईई मोटर्स नेपालका आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले वातावरणमैत्री र उत्साहजनक ग्राहक कार्यक्रम “ग्रीन व्हील्स टु मार्बल हिल्स” सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । काईईका इलेक्ट्रिक मोडेलहरू – काइइ X3 प्रो, ई-क्युट ०२, र ई-क्युट ०४ प्रयोग गरी काठमाडौंको थापाथलीबाट सुरु भएको र्‍याली गोदावरी हुँदै मार्बल हिल्ससम्मको पदयात्रामा परिणत भएको थियो […]

Jun 2, 2025 - 08:44
 0
काईई मोटर्सको “ग्रीन व्हील्स टु मार्बल हिल्स” कार्यक्रम सम्पन्न

काठमाडौं । काईई मोटर्स नेपालका आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले वातावरणमैत्री र उत्साहजनक ग्राहक कार्यक्रम “ग्रीन व्हील्स टु मार्बल हिल्स” सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

काईईका इलेक्ट्रिक मोडेलहरू – काइइ X3 प्रो, ई-क्युट ०२, र ई-क्युट ०४ प्रयोग गरी काठमाडौंको थापाथलीबाट सुरु भएको र्‍याली गोदावरी हुँदै मार्बल हिल्ससम्मको पदयात्रामा परिणत भएको थियो ।

कार्यक्रममा ८० भन्दा बढी सहभागी, ग्राहकले सहभागिता जनाएका थिए । कार्यक्रमले दिगो यातायात र वातावरणीय उत्तरदायित्वको महत्वलाई उजागर गरेको कम्पनीले दाबी गरेको छ ।

कार्यक्रमको प्रमुख आकर्षण रुख रोप्ने अभियान रहेको थियो । जसअन्तर्गत सहभागीहरूले ७० भन्दा बढी रुख रोपेको छ, जसले कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुर्‍याउनुका साथै स्थानीय वातावरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register