प्रधानमन्त्री ओली नै ‘झोले’

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सामाजिक सञ्जालमा एक ग्राफिक्स पोस्ट गरे, जसमा लेखिएको थियो ‘म झोले हो’ । यसअघि शनिबार पार्टीको एक संगठन बुद्धिजीवी परिषद्को महाधिवेशन उद्घाटन गर्दा पनि आफूलाई झोले भनेका थिए । उनले आफूलाई झोले लेखिएको ग्राफिक्सका साथ लेखेका छन्, ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास […]

Jun 2, 2025 - 08:38
 0
प्रधानमन्त्री ओली नै ‘झोले’

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सामाजिक सञ्जालमा एक ग्राफिक्स पोस्ट गरे, जसमा लेखिएको थियो ‘म झोले हो’ । यसअघि शनिबार पार्टीको एक संगठन बुद्धिजीवी परिषद्को महाधिवेशन उद्घाटन गर्दा पनि आफूलाई झोले भनेका थिए ।

उनले आफूलाई झोले लेखिएको ग्राफिक्सका साथ लेखेका छन्, ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भिडमा बदलिन्छ । भिडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ ।’

‘झोले’ शब्दले आफैँमा नकारात्मक अर्थ दिँदैन । प्रज्ञा प्रतिष्ठानल् प्रकाशित गरेको प्रज्ञा नेपाली बृहत शब्दकोशमा झोले शब्दका तीनवटा अर्थ लेखिएको छ । १ अर्काको झोला बोक्ने, २ झोल भएको, रसदार र ३ झोला भिरेर हिँड्ने ।

यो शब्दकोशअनुसार प्रधानमन्त्री ओली कुन प्रकारका झोले हुन् ठम्याउन भने सकिँदैन । उनी आफैँले भने ‘एउटा सामान्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कैयौँ गुणा उत्तम चरित्र हो’ भन्दै आफूलाई झोले भनेका छन् ।

सामाजिक सञ्जालमा मन नपरेको नेतालाई ‘झोले’ भन्दै टिप्पणी हुने गरेको छ । शब्द आफैँमा नकारात्मक नभए पनि समाजिक सञ्जालमा यसको प्रयोग नकारात्मक दिने गरी भएकाले त्यसलाई काउन्टर दिन प्रधानमन्त्री ओली नै ‘झोले अभियान’मा उत्रिएपछि उनको मन्त्रिपरिषद्का सदस्यदेखि एमालेका नेता तथा कार्यकर्ताहरूले त्यसलाई पछ्याएका छन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पनि आफूलाई झोले भन्दै सामाजिक सञ्जालमा अग्राफिक्स पोस्ट गरेका छन् । यस्तै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले पनि सोही प्रकारको ग्राफिक्स पोस्ट गरेका छन् । यस्तै एमाले महासचिव शंकर पोखरलले पनि सामाजिक सञ्जालमार्फत आफूलाई झोले घोषणा गरेका छन् ।

हालै चुनावबाट एमालेनिकट युवा संघको अध्यक्षमा निर्वाचित भएका क्षितिज थेवेले पनि प्रधानमन्त्रीले सुरु गरेको यो अभियानलाई पछ्याएका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register