महिमानसिंह विष्टलाई थुनामा नराख्ने जिल्लाको आदेशमा उच्चले मगायो मिसिल

काठमाडौं । उच्च अदालत पाटनले नागरिक उन्मुक्ति पार्टी संरक्षक रेशम चौधरीलाई पक्राउ गराउने सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत काठमाडौंको आदेशको कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ । उच्चका न्यायाधीश टंकप्रसाद गुरुङको इजलासले जिल्लाको आदेशको सक्कल मिसिलसहितको प्रतिवेदन मगाउन आदेश गरेको हो । विष्टले हुँदै नभएको नजिर उल्लेख गरी सर्वोच्चको अनधिकृत […]

Jun 3, 2025 - 11:50
 0
महिमानसिंह विष्टलाई थुनामा नराख्ने जिल्लाको आदेशमा उच्चले मगायो मिसिल

काठमाडौं । उच्च अदालत पाटनले नागरिक उन्मुक्ति पार्टी संरक्षक रेशम चौधरीलाई पक्राउ गराउने सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत काठमाडौंको आदेशको कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ ।

उच्चका न्यायाधीश टंकप्रसाद गुरुङको इजलासले जिल्लाको आदेशको सक्कल मिसिलसहितको प्रतिवेदन मगाउन आदेश गरेको हो । विष्टले हुँदै नभएको नजिर उल्लेख गरी सर्वोच्चको अनधिकृत पत्र आफैँ तयारी पारी प्रहरीलाई बुझाएका थिए । सोही पत्रका आधारमा चौधरीलाई प्रहरीले वैशाख १७ मा पक्राउ गरी डिल्ली बजार काराकागार पठाएको थियो ।

तर, सर्वोच्चको पत्र नै अनधिकृत भएको पुष्टि भएपछि सर्वोच्चको अर्को पत्रले चौधरी सोही दिन रिहा भएका थिए । यसरी अनधिकृत पत्र लेख्ने सर्वोच्चका अधिकृत विष्टविरुद्ध लिखत किर्तेमा मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ । जिल्लाको आदेशले उनी धरौटीमा रिहा भएका थिए ।

जिल्लाको आदेशविरुद्ध नाउपाका संरक्षक चौधरी उच्च अदालत पुगेका थिए । सोमबार दर्ता भएको निवेदनमा उच्चले मंगलबार प्रारम्भिक सुनुवाइपछि कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register