त्रिदेशीय टी-२०आई : नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजय भोगेको छ। निर्धारित २० ओभर र त्यसपछिका दुई सुपर ओभर पनि बराबरीमा सकिएपछि खेल तेस्रो सुपर ओभरमा पुगेको थियो, जहाँ नेदरल्याण्ड्सले बाजी मार्‍यो। यो नेपालको १००औँ टी-२०आई खेल पनि थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा […]

Jun 17, 2025 - 00:48
 0
त्रिदेशीय टी-२०आई : नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजय भोगेको छ। निर्धारित २० ओभर र त्यसपछिका दुई सुपर ओभर पनि बराबरीमा सकिएपछि खेल तेस्रो सुपर ओभरमा पुगेको थियो, जहाँ नेदरल्याण्ड्सले बाजी मार्‍यो। यो नेपालको १००औँ टी-२०आई खेल पनि थियो।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाई नेपाललाई १५३ रनको लक्ष्य दिएको थियो। तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाए भने विक्रमजित सिंहले ३० र साकिब जुलफिकरले अविजित २४ रनको योगदान दिए। नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। नन्दन यादवले २ विकेट हात पारे भने ललित राजवंशी र कुशल भुर्तेलले १-१ विकेट लिए।

१५३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछि खेल बराबरीमा सकियो र सुपर ओभरमा धकेलियो। कप्तान रोहित पौडेलले सर्वाधिक ४८ रन बनाए पनि नेपाललाई जित दिलाउन सकेनन्। कुशल भुर्तेलले ३४ रन बनाए। अन्तिम ओभरमा नेपाललाई १६ रन आवश्यक नन्दनले अन्तिम बलमा चौका प्रहार गरे  ।  नेदरल्याण्ड्सका डानियल डोरामले १४ रन खर्चेर ३ विकेट लिए।

पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएर नेदरल्याण्ड्सलाई २० रनको लक्ष्य दियो, तर नेदरल्याण्ड्सले पनि १९ रन नै बनाएपछि यो सुपर ओभर पनि बराबरीमा सकियो।

दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १७ रन बनायो। जवाफमा नेपालले पनि १७ रन नै जोडेपछि खेल तेस्रोपटक सुपर ओभरमा गयो।

तेस्रो सुपर ओभरमा पहिलो बलमै कप्तान रोहित पौडेल आउट भए भने रुपेश सिंहले दुई बल डट खेलेर चौथो बलमा आउट भए। नेपालले कुनै रन जोड्न सकेन र नेदरल्याण्ड्सले १ रनको लक्ष्य पहिलो बलमै छक्का प्रहार गरेर जित हात पार्‍यो  ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register